तुलसीपुर(दाङ), ७ भदौ । तुलसीपुर बजारलाई स्वच्छ, हराभरा राख्नका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घ र तुलसीपुर नगरपालिकाको संयुक्त आयोजनामा आजदेखि ‘क्लिन तुलसीपुर, ग्रीन तुलसीपुर’ अभियान सुरु गरिएको छ ।
आज राष्ट्रिय समाचार समिति राप्तीअञ्चल कार्यालय तुलसीपुरको प्राङ्गणमा नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणि पौडेलले वृक्षरोपण गरेर सो अभियानको उद्घाटन गर्नुभयो ।
कार्यालयको परिसरमा पूर्व मुख्य सचिव पौडेल, प्रमुख जिल्ला अधिकारी दीपक काफ्ले, राष्ट्रिय समाचार समिति राप्तीका प्रमुख नारायणी रजौरे, तुलसीपुर नगरपालिकाका कार्यकारी अधिकृत टोपेन्द्र केसी, तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजाल, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाइँले विभिन्न प्रजातिका बिरुवा रोप्नुभएको थियो । रासस













प्रतिक्रिया