१९ कार्तिक २०८३, बिहिबार

सडक मर्मतका लागि एमालेको सहयोग

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

uml-cpn-logo

उर्लाबारी (मोरङ), ७ भदौ । बाढीले क्षति पुर्याएको मोरङको अमरदह–सुनबर्षी भित्रि सडकखण्ड मर्मतका लागि नेकपा (एमाले)ले रु ५० हजार सहयोग हस्तान्तरण गरेको छ ।

नेकपा (एमाले) मोरङ २ नम्बर क्षेत्रीय कमिटीले सो सडकखण्ड मर्मतका लागि रकम हस्तान्तरण गरेको हो । मोरङ क्षेत्र नम्बर २ का सांसद चण्डीप्रसाद राईले स्थानीयवासीको उपस्थितिमा उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र भण्डारी तथा सचिव प्रेम श्रेष्ठलाई संयुक्तरुपमा सो रकम हस्तान्तरण गर्नुभयो ।

अमरदहका बाढी प्रभावित क्षेत्रलाई प्रभावकारी विकास योजनाको रुपमा स्रोत साधन ब्यवस्थापन गर्ने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो । रासस