काठमाडौं, ७ भदौ । पछिल्ला केही वर्ष राजधानीमा डनहरुलाई प्रहरीले भागाभाग गराउँदै आएको थियो । रमेश खरेल, पुष्कर कार्की, सर्वेन्द्र खनाल जस्ता प्रहरी अधिकारीले गुन्डा समाप्त पार्ने अभियान नै सुरु गरे ।
कार्कीको पालामा चरी मरे भने खनालको पालामा घैंटे मारिए । केही जेलमा कोचिएका छन् त केही विदेशमा भागेका छन् । गुण्डागर्दीबाट आक्रान्त राजधानीका धेरै व्यवसायीहरुलाई राहत भयो । दुष्टि साप्ताहिकले समाचार छापेको छ ।
तर, फेरि गुन्डाहरुले धम्क्याउन सुरु गरिसकेका छन् । कांग्रेस नेता विमलेन्द्र निधि गृहमन्त्री चएपछि गुन्डाहरुको सक्रियता बढेको हो । अहिले एसएसपीहरुको सरुवा तयारी भइरहेको छ ।
गुन्डाहरुले नै पैसा लगानी गरेर अहिले अपराध महाशाखामा आफू अनूकुलको एसएसपी ल्याउन लबिङ गरिरहेका छन् ।
गृहमन्त्री निधिलाई देउवाबाट भनाएर काठमाडौं परिसर र अपराध महाशाखा दुवै कार्यालयमा गुन्डा नाइकेहरुले आफूलाई सहयोग गर्ने एसएसपी ल्याउन खोजेका हुन् ।
तीन वर्षअघि दिनेश अमात्यलाई अपराध महाशाखामा ल्याउने भन्दै क्यासिनो किङ बलेले पैसा उठाएका थिए । अहिले उनै अमात्यलाई महाशाखामा ल्याउन फेरि चलखेल भइरहेको स्रोत बताउँछ ।















प्रतिक्रिया