काठमाडौँ, ६ भदौ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालका लागि उत्तर कोरियाका राजदूत किम योङ हकसँग आज भएको शिष्टाचार भेटमा दुई देशबीचको सद्भाव र सहकार्यको सम्बन्ध रहेको र यसलाई अझै बलियो बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
उपराष्ट्रपतिले उत्तर कोरियाका राष्ट्रपति किम जोन उन त्यहाँको वर्कस पार्टीको सर्वोच्च पद अध्यक्षमा निर्वाचित हुनुभएकामा राजदूत मार्फत बधाई सन्देश पठाउनुभयो ।
उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा उपराष्ट्रपतिले उत्तर कोरियाको दक्षिण प्योङ्यान र नेपालको भक्तपुरबीच भगिनी सम्बन्ध रहेको स्मरण गराउँदै सम्बन्ध सुदृढ गर्नमा जोड दिनुभयो ।
उहाँले उत्तर कोरियाका राष्ट्रपति किम जोन उन त्यहाँको वर्कस पार्टीको सर्वोच्च पद अध्यक्षमा निर्वाचित हुनुभएकामा राजदूत मार्फत बधाई दिनुभयो । सो अवसरमा राजदूत किमले नेपाल उत्तर कोरियाको असल मित्र राष्ट्र भएको बताउनुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले जानकारी दिनुभयो । रासस













प्रतिक्रिया