१९ कार्तिक २०८३, बिहिबार

वैदेशिक रोजगारीले काठमाडौंमा पनि बढ्यो सम्बन्धविच्छेद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

divorc
फाइल तस्वीर

काठमाडौँ, ६ भदौ । काठमाडौँमा सम्बन्धविच्छेदका घटनामा वृद्धि भएको पाइएको छ ।

काठमाडौँ जिल्ला अदालतका अनुसार गत आव २०७२/०७३ मा सम्बन्धविच्छेदका दुई हजार चार सय ५१ मुद्दा लागत राखिएको थियो । त्यसमा एक हजार नौ सय ४१ फैसला भएका थिए । मुद्दा फछ्र्याेट हुन ५१० बाँकी छन् ।

अघिल्लो आव २०७१/०७२ मा दुई हजार दुई सय ५६ मुद्दा लगत राखिएकोमा एक हजार ८१८ फैसला भएका थिए । सो अबधिमा ४३८ मुद्दा फछ्र्योट हुन बाँकी थिए । अघिल्लो वर्षको तुलनामा १९५ मुद्दा थप दर्ता भएको अदालतले जनाएको छ ।

सम्बन्धविच्छेदका घटना बढ्नुमा वैदेशिक रोजगारीका कारण प्रमुख मानिएको छ । अन्तरजातीय विवाह, अपरिपक्व मानसिकताबाट गरिने निर्णय, वैवाहिक असमझदारी, अर्थ अभावलगायत कारणले घटना बढेको पाइएको छ । रासस