१ कार्तिक २०८३, आइतबार

ड्रोन आक्रमणमा सातजना आइएस लडाकू मारिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dron

जलालाबाद (अफगानिस्तान), ६ भदौ । अफगानिस्तानको पूर्वी प्रान्त नान्गाहारमा आइतबार राति भएको अमेरिकी ड्रोन आक्रमणमा आइएसका सातजना आतङ्ककारी मारिएका छन् ।

प्रान्तीय सरकारले सोमबार बिहान सो जानकारी दिएको जलालावादबाट प्राप्त समाचारमा जनाइएको छ ।

गएराति आचिन जिल्लाको बन्दाआर इलाकामा लुकेर बसेका आतङ्ककारीलाई लक्ष्यगरी अफगान बलको सहयोगमा अमेरिकी सेनाले चालकरहित विमान आक्रमण गरेको थियो ।

सो कारबाहीमा परी कम्तीमा पनि सातजना आइएस आतङ्ककारी मारिएका जानकारी दिइएको छ । प्रान्तीय सरकारद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार सो आक्रमणमा परी अरु पनि कैयौँ लडाकू घाइते भएका छन् ।

हवाई आक्रमणमा आतङ्ककारीहरुले भण्डारण गरेर राखेका कैयौँ हातहतियार समेत नष्ट भएको जनाइएको छ । यस हवाई आक्रमणबाट सर्वसाधारण नागरिकतर्फ भने कुनै हताहत नभएको बताइएको छ ।

केही हप्तायता अफगानिस्तानमा अफगान सुरक्षा बलले आतङ्ककारीविरुद्ध गरिने कारबाहीमा वृद्धि गरेपछि हिंसामा कमी आएको बताइएको छ ।

त्यसैगरी देशभर नेटोआवद्ध सेनाले पनि हवाई आक्रमण जारी राखेका छन् । पाकिस्तानको सीमा क्षेत्रमा भएको आचिन जिल्लामा आइएस लडाकू समूहको बलियो प्रभाव रहेको क्षेत्रको रुपमा रहेको बताइन्छ । रासस-सिन्ह्वा