सिङ्गापुर, ६ भदौ । सिङ्गापुरका प्रधानमन्त्री ली सेन लुङ आइतबार एक सार्वजनिक समारोहमा भाषण गर्दागर्दै बिरामी भई लड्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले राष्ट्रिय दिवसका अवसरमा आइतबार सम्बोधन गर्दै हुनुहुन्थ्यो । सो क्रममा उहाँ अकस्मात ढल्नुभएको थियो ।
उहाँका सहयोगीहरूले उहाँलाई कार्यक्रमस्थलबाटै तत्कालै अस्पताल पु¥याएका थिए । तर उहाँको अवस्था भने गम्भीर नरहेको जानकारी चिकित्सकहरूले दिएका छन् ।
राष्ट्रिय दिवसका अवसरमा आयोजना गरिएको सो सम्बोधन टेलिभिजनले प्रत्यक्ष प्रशारण गरिरहेको थियो ।
ली सन् २००४ देखि सत्तामा हुनुहुन्छ । उहाँ सिङ्गापुरका संस्थापक नेता ली क्वान यीका छोरा हुनुहुन्छ । – एएफपी















प्रतिक्रिया