११ कार्तिक २०८३, बुधबार

‘प्रचण्ड’को बिरोध र समर्थन गर्दा कतारमा बबण्डर, नेपाली युवक देश निकाला हुँदै

4.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Facebook Commentकाठमाडौं, ६ भदौ । कतार सरकारले गोरखाका ३२ वर्षीय दीपक लामिछानेलाई डिपोर्ट (देश निकाला) गर्नका लागि पक्राउ गरेको छ । उनलाई घरफिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर) मा राखिएको छ । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

अष्ट्रेलियामा कार्यरत गैरआवासीय नेपाली संघको पूर्व अन्तर्राष्ट्रिय सदस्य दीपा राईले लामिछानेविरुद्ध दिएको उजुरी उपर छानबिन गरी कतार सरकारले आफ्नो देशमा रोजगार गर्न नपाउने गरी लामिछानेलाई डिपोर्ट गर्न लागेको हो ।

लामिछानेलाई गत मंगलबारमा पक्राउ गरी घर फिर्ती केन्द्र (डिपोर्टटेशन सेन्टर)मा राखिएको छ ।

त्यसअघि पनि उनलाई कतारको खोज तथा अनुसन्धान केन्द्र (एसएफडी)ले पक्राउ गरिसकेको थियो ।

उनलाई एक जना नेपाली कामदारले आफू जमानतमा बसेर आफ्नो राहदानी केन्द्रमा बुझाएपछि सेन्टरबाट बाहिर निकालेका थिए ।

अष्ट्रेलियाको स्थायी बसोबासको अनुमति पाएकी राईले ‘लामिछानेले आफ्नो फेसबुक स्ट्याटसमाथि गालीगलौज गरेर कमेन्ट पोष्ट गरेको र कतारमा बसेर राजनीति गरेको’ भन्दै उजुरी गरेकी थिइन् ।

गत जुनको अन्तिम सातामा अष्ट्रेलिया भ्रमणमा जान लागेका नेकपा माओवादी (केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालविरुद्ध राईले आफ्नो फेसबुकमा स्टाट्स पोष्ट गरेकी थिइन् ।

त्यसउपर लामिछानेले प्रचण्डको बचाउ गर्दै राईको आलोचना गरेका थिए ।

११ वर्षदेखि कतारको एक कम्पनीमा प्रशासकीय विभागमा काम गर्दै आएका लामिछानेलाई डिपोर्ट नगर्न नेपाल सरकारले कतारलाई आग्रह गरेको छ ।

कतारस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयका अधिकारीहरुलाई भेटेर एउटा सामान्य कामदारलाई डिपोर्ट नगर्न अनुरोध गरेको हो ।

‘हामी नेपाली नगरिकको हितको लागि गर्नुपर्ने सबै पहल गरेका छौं’, कतारका लागि कार्यबाहक राजदूत मणिरत्न शर्माले भने, ‘दूतावासले आवश्यक समन्वय काम भइरहेको छ ।’