२ कार्तिक २०८३, सोमबार

गोसाइँकुण्डको भेटी सार्वजनिक

504
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

bheti

रसुवा, ५ भदौ । गोसाइँकुण्ड मेला भर्न आएका भक्तजनबाट चढाइएको भेटी आज सार्वजनिक गरिएको छ ।

गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार जनैपूर्णिमा पर्वको अवसरमा यहाँ लागेको मेलामा भेटीबापत रु एक लाख ५४ हजार २४८ जम्मा भएको छ ।

जिल्ला प्रहरी कार्यालयको परिसरमा सर्वपक्षीय रहोवरमा भेटी गणना गरिएको बताइएको छ । यस वर्ष करिब १० हजार भक्तजनले गोसाइँकुण्ड मेला भरेको अनुमान गरिएको छ । रासस