१ कार्तिक २०८३, आइतबार

भारतविरुद्ध उभिए ५७ देश, अन्तर्राष्ट्रिय फोरममा उभ्याउने चेतावनी

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra-modi-sad-look

काठमाडौं, ५ भदौ । मुस्लिम देशहरुको संगठन ‘अर्गनाइजेशन अफ इस्लामिक कर्पोरेशन’ कश्मीरको मुद्धामा भारतविरुद्ध उभिएको छ ।

५७ मुस्लिम देशहरुको संगठनको आइतबार पाकिस्तानमा बसेको बैठकले कश्मीर भारतको आन्तरिक मुद्धा नभएको निष्कर्ष निकाल्दै यो विषयलाई अन्तर्राष्ट्रिय फोरममा उठाउने चेतावनी दिएको छ ।

pakistan-muslim-meeting-143413
पाकिस्तान बैठकमा सहभागी मुश्लीम देशका प्रमुख

कश्मीरको मुद्धामा पाकिस्तानले मुस्लिम देशको सहयोग जुटाएपछि भारतमा हंगामा मच्चिएको छ । भारतीय गृहमन्त्री राजनाथ सिंहले पाकिस्तानलाई यस्तो हरकत बन्द गर्न चेतावनी दिएका छन् ।

गृहमन्त्री सिंहले पाकिस्तानमाथि कश्मीरमा अस्थिरता फैलाएको आरोप लगाउँदै भारतले अब सहन नसक्ने भन्दै ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।