११ कार्तिक २०८३, बुधबार

नाकाबन्दीको नकारात्मक छवि मेटाउन मोदी नेपाल आउने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Narendra Modiकाठमाडौं, ५ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँग चिसिएको सम्बन्ध सुधारका लागि आफूले फेरी नेपाल भ्रमण गर्नसक्ने बताएका छन् ।

सरकारको विशेष दूतका रुपमा भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिसँग शनिबार भएको भेटमा भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमण गर्ने इच्छा देखाएका हुन् । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

‘मोदी आफैं नेपाल आउन तत्पर रहेको भेटमा बताए’, भेटमा सहभागी एक अधिकारीले टेलिफोनमा भने ।

गत वर्ष नेपालमा संविधान जारी भए लगत्तै भारतले नेपालमा पाँच महिना नाकाबन्दी गरेपछि बिग्रेको द्विपक्षीय सम्बन्ध तथा मोदीप्रति नेपाली जनतामा परेको ‘नकारात्मक छवि’ सुधारका दृष्टकोणबाट समेत मोदी पुनः नेपाल भ्रमणमा आउन चाहेको हुनसक्ने सरकारी अधिकारीहरको बुझाइ छ ।