२६ कार्तिक २०८३, बिहिबार

ओली अचानक किन गए नर्भिक अस्पताल ?

29.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-hospital

काठमाडौं, ४ भदौ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सवारी दुर्घटनामा परी घाइते हुनुभएका पूर्व महान्याधिवक्ता हरि फुयाँललाई आज अस्पतालमा पुगेर स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।

अध्यक्ष ओलीले नर्भिक इन्टरनेसनल अस्पताल थापाथलीमा उपचार गराई रहनुभएका फुयाँललाई भेटेर स्वास्थ्यलाभको कामना गर्नुभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो ।

इटहरीबाट काठमाडौँ फर्कने क्रममा पूर्व–पश्चिम राजमार्गको ढल्केबरमा आज बिहान सवारी दुर्घटना हुँदा फुयाँल घाइते हुनु भएको थियो । रासस