२६ कार्तिक २०८३, बिहिबार

एमाले अध्यक्ष ओली भन्छन्- पहिलोपटक मैलै भारतसँगको परनिर्भरता हटाए

7.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kp-oli

काठमाडौँ, ३ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विगतमा मुलुक भूपरिवेष्ठित मात्र नभई एक देशवेष्ठित भएकाले त्यसको विकल्प खोज्नुपरेको बताएका छन् ।

युथ फाउन्डेसनले सुरु गरेको ‘युथ पार्लियामेन्ट’ शीर्षक छलफल कार्यक्रममा अध्यक्ष ओलीले आफ्नो नेतृत्वको सरकारले एक देशसँगको मात्र परनिर्भरता हटाउन अन्य देशसँग सम्बन्ध विस्तार गरी देशको स्वाभिमानलाई उँचो बनाएको विचार व्यक्त गरे ।

समग्र मुलुकको समुन्नतिका लागि हाम्रो देश हामीले बनाउन सक्छौँ भन्ने भावनाको विकास हुन जरुरी रहेको बताउँदै उनले मुलुकभित्रका खनिज पदार्थको उत्खनन गर्नुपर्नेमा जोड दिए ।