कञ्चनपुर, ३ भदौ । ठिक एक बर्षअघि टीकापुरमा हत्या गरिएका नेपाल प्रहरीका इन्सपेक्टर केशब बोहराको बार्षिक पुण्यतिथी मनाईएको छ ।
हिन्दूपरम्परा अनुसार बोहराको परिवारले बुधबार बेलौरी नगरपालिका ८ विद्यानगर घरमै प्रथम बार्षिक पुण्यतिथी मनाएको हो ।
नेपाल प्रहरीभित्रका होनहार, ईमान्दार तथा साहसी प्रहरी निरीक्षक बोहराकी जीवन संगनी शारदादेवि बोहरा, जन्मदिने बुवा–आमा, कलिला सन्तान लगायत घर–परिवारले केशवलाई क्षण क्षणमा सम्झदै बार्षिकी मनाएका छन् ।
हरेक कर्मकाण्डमा केशवलाई सम्झदै परिवारका सदस्यहरुको गहभरी आँसु थियो । यसको सबैभन्दा बढि नजिककी जिवन संगिनी शारदालाई त आकाशबाट खसेको जस्तो अनुभूती भएको थियो । बोहरा परिवारका लागि गतबर्षको केशबको क्रिरियाको दिन र बार्षिकी दिनमा खासै फरक थिएन् । किनकी बोहरा परिवारले आफ्नो खुसी गुमाएका थिए ।
दुई सन्तानका बुवा केशबको सानो परिवार छ । दैवले खुसी लुटेको भन्दै उनकी जिवन संगिनीले केशबलाई सम्झिदै अन्तालिएकी थिईन् । बार्षिकीमा आउने आफन्त छिमेकी, स्टमित्र लगायत शुभचिन्तकहरुले समेत अकल्पनिय र क्र्रुर हत्या भएका कारण कलिलै उमेरमा हत्या गरिएकाले उनको फोटो हेरेर गहभरी आँसु झार्दै थिए ।
सुदूरपश्चिमका प्रतिष्ठित व्यक्तित्वका परिचित स्व. केशब बोहराका बुवा प्रेम सिह बोहराले छोराको सम्झनाले आत्मा पोलिएपनि संस्कार अनुसार कर्मकाण्ड गरेको बताए ।
बोहराले घटना घटेको बर्षदिन वितिसक्दा पनि निहत्र्था हत्या गर्ने दोसीहरुलाई कार्बाही गर्न नसकेको भन्दै दुखेसो पोख्नुभयो । ‘दोसीलाई कार्बाही नभए पीडित परिवार र मृत आत्माले समेत शान्ती पाउँदैन्,’ उनले भने– ‘यसरी सुरक्षा निकायमाथी क्रुर तरिकाले हत्या गर्नेलाई कार्बाहीमा गर्न ढिलाई किन ।’ राज्य र जनताका लागि प्राणको आहुती दिनेलाई राज्यले उचित कामको मुल्याङकन गर्दै दोषीलाई कार्बाही गर्नुपर्नेमा उनको सुझाव छ ।

बिना कारण जनताको सुरक्षमा खटिएका प्रहरीमाथी एकाएक चोरुवासैलीमा दुस्मनको जस्तै भाला प्रहार गरेर हत्या गरिनु मानवता बिरोधी भएको बोहराको भनाई छ । ‘जन्माएका हिसाबले छोरो मेरो हो ।’ उनले भने ‘देश र जनताका लागि आफ्नो जीवनको आहुती दिनेलाई सम्मान गर्नु जान्नुपर्छ ।’
दोसीलाई काननु बमोजिम कार्बाही गरेपनि पीडितहरुको आत्मा सन्तृष्टी हुने बोहाराको भनाई छ । प्रहरीको उच्च मनोबलका लागि पनि राज्यले दोषीहरुलाई कार्बाही गर्नुपर्ने उनको सुझाव छ ।
मृत आत्माको चिर शान्तिका लागि समेत राज्यले उचित कदम चाल्नुपर्ने बोहराको माग छ । बोहराले हत्या गरिएका प्रहरीका बारेमा मानव अधिकार आयोगले समेत कुनै पहल नगरेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । प्रहरीले कसैलाई एक लठ्ठी हान्दा समेत मानव अधिकार भन्दै बोल्ने मानव अधिकारकर्मीहरुको यो घटनामा यस्तो छ भूमिका ? के प्रहरी मानव होईन्, खै यो घटनामा मानव अधिरकर्मी आयोग बोलेको ? ‘पहिले सबै मिली देश बचाऔँ, त्यसपछि पो देश भित्र बसेका सबैको भलो हुन्छ ।’, उनले भने ।
बोहरा परिवार केशबको आत्मा शान्तीका लागि बिहीबार हरिद्वार गएका छन् । भदौँ सात गते हत्या गरिएपनि तिथि सर्दा उनको भदौँ १ गते नै बार्षिकी मनाएका हुन् । केशबको सम्झनामा उनले पढेको बाल्यकालको विद्यालयमा भदौँ ७ गते बृक्षारोपणको तयारी गरेका छन् ।
गत बर्ष केशबको क्रिरियामा बसेकी उनकी धर्मपत्नी शारदाले गहभरी आँशु चुहाँउदै भनेकी थिईन्– ‘जसरी मेरो श्रीमान लगायतमा राष्ट्रसेवक प्रहरीको तडपाई तडपाई हत्या गरियो, यस्तो क्रुर हत्या गर्ने हत्यारालाई कार्बाही गर्नुपर्छ ।’ दोषी सानो, या ठुलो जो सुकै होस कुनै पनि हालतमा कार्बाही हुनुपर्ने उनको माग थियो दोसीलाई कार्बाही भएमात्रै मृतकको आत्माले शान्ति पाउने र उनको परिवारमा समेत राहात महसुस हुने उनले रुँदै भनेकी थिईन् ।
प्रहरीमाथि भएको निहत्र्था हत्या राज्यका लागि समेत चुनौती थपेको उनको भनाई थियो । मृतक बोहराका दुई होनहार छोरा छन् । उनीहरु पनि बुवा गुमाउनु परेको पिडाले निकै मर्माहित शोकमा डुबेका थिए । ललितपुर डिएभी बोडिङ्ग स्कुलमा अध्ययनरत बोहराका जेठा छोरा सार्थक र कान्छा सुवन बोहरा पनि बुवाको बार्षिकीका लागि बेलौरी घर आएका छन् । कलिलै स्कुले उमेरमै बुवा गुमाउनुको पिडाले बालकको मन थामिएको थिएन् । १५ वर्षिय सार्थक र ११ वर्षिय सुवनले बुवाको सपना पुरा गर्ने बताएका थिए । सार्थक ९ र सुवन ७ मा पड्दै छन् । बुवा गुमाउनुको पिडाले उनीहरु पनि मर्माहित भएका छन् । बुवाले दिने माया अब कसले दिने भन्दै उनीहरु रुमलिएका थिए ।
मृतक बोहरा प्रहरी हुनुभन्दा पूर्व आम जनताको अधिकारका लागि विस २०४६ सालको जनआन्दोलनमा कञ्चनपुरको दक्षिणी क्षेत्रमा युवाहरुको नेतृत्व लिदै आन्दोलनमा होमिएका थिए । गाँउको विकासका लागि केही गर्नुपर्छ भन्ने उनमा क्रान्तिकारी विचार थियो ।
गत भदौैँ ७ गते टीकापुरमा एक नाबालक, बरिष्ठ प्रहरी उपरीक्षक, दुई निरीक्षक सहित ९ जनाको क्रुर हत्यामा कञ्चनपुरका प्रहरी जवान लोकेन्द्र बहादुर चन्द र हवल्दार जनक गेनी र प्रहरी निरीक्षक द्वय बलराम विष्ट, केशब बोहराको पनि निहत्र्था हत्या भएको थियो । राज्यले बीरबहादुर योद्धा भन्दै मरणोप्रान्त एक तह बढुवा गरेको थियो । अझै पनि राज्यले टीकापुरमा हत्या भएका सुरक्षा निकायका घरपरिवारको पिडामा मलम लगाउने काम गर्नुपर्छ ।
















प्रतिक्रिया