काठमाडौं, ३ भदौ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले सिंहदरबारमै बसेर परिणाम निकाल्ने गरी काम गर्न चाहेको बताउनुभएको छ ।
शुक्रबार बिहान बालुवाटारमा बधाई दिन आएका समूहसँग प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘धेरै औपचारिक कार्यक्रममा जाने सोँचेको छैन । सिंहदरबारमै बसेर सरकारका कामको निरीक्षण, अनुगमन गरी परिणाम निकाल्न चाहेको छु ।’
दाहालले संविधान संशोधन गरेर निर्वाचनको प्रक्रियामा जाने वातावरण बनाउन आफू लागि परेको बताउनुभयो ।
प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘संविधान संशोधनको प्रस्ताव दर्ता गरेर स्थानीय तहको निर्वाचनतिर जाँदैछौं । यसले देशमा राजनीतिक स्थिरताको वातावरण निर्माण गर्नेछ ।’
प्रधानमन्त्रीले चीन र भारतसँग सन्तुलित कुटनीतिक सम्बन्धका लागि उच्चस्तरीय दूत पठाएको भन्दै आन्तरिक र बाह्य राष्ट्रियतालाई एकीकृत गर्नु आफ्नो दायित्व भएको बताउनुभयो ।
प्रधानमन्त्री दाहाललाई आजका बधाइ लिन भ्याई नभ्याई भएको छ । विभिन्न समूह र स्वार्थ जोडिएका व्यक्तिहरू बालुवाटार पुगेर बधाइ दिने गरेका छन् ।











प्रतिक्रिया