काठमाडौं, ३ भदौ । प्रमुख विपक्षी दल नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल अचानक चीन प्रस्थान गर्नुभएको छ ।
बिहीबार राति नेता नेपाल चीन प्रस्थान गर्नुभएको हो । चीनमा रहँदा उहाँले विभिन्न पक्षसँग भेटवार्ता गर्ने बुझिएको छ ।
नेता नेपालको चीन भ्रमणका विषयमा एमालेले केही बताएको छैन । तर नेता नेपालले आफ्नो चीन भ्रमणका विषयमा बिहीबारको स्थायी समितिको बैठकमा जानकारी गराएको स्रोतले जनाएको छ ।
उपप्रधान एवम् अर्थमन्त्री कृष्णबहादुर महरा चीन भ्रमणमा रहेका बेला एमालेका नेता नेपाल पनि चीन प्रस्थान गर्नुभएको हो ।











प्रतिक्रिया