१ कार्तिक २०८३, आइतबार

राजनीतिक पार्टीहरुलाई संयुक्त राष्ट्रसंघ प्रमुखको आग्रह

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

un logoसंयुक्त राष्ट्र संघ, ३ भदौ । संयुक्त राष्ट्र संघका प्रमुख बान कि मुनले सुडानका सबै राजनीतिक पार्टीहरुलाई वैरभाव र दुस्मनी त्याग गरी गम्भीरतापूर्वक आपसी सम्झौताको पुनः प्रयास गर्न आग्रह गर्नुभएको छ ।

सुडानका राजनीतिक पार्टीहरुबीच केही समयअघि निकट पुगिसकेको सम्झौता वार्ता असफल भएपछि बानको यो आग्रह आएको हो ।

दक्षिणी कोर्डाेफान, ब्लु नाइल र डार्फरमा मच्चिइरहेको आन्तरिक युद्धविराम गर्ने प्रयोजनले गत अगस्त ९ देखि १४ सम्म सुडानी सरकार, विपक्षी पार्टी र सशस्त्र विद्रोही समूहबीच विभिन्न चरणमा सम्झौता वार्ता भए तापनि सो वार्ता निष्कर्षविहीन भई टुङ्गिएको थियो ।

उक्त तीनै क्षेत्रमा जारी द्वन्द्वलाई अन्त्य गरी शान्ति बहाली गर्ने उद्देश्यले आपसी सम्झौताको मार्ग अनुशरण गर्न सुडानका सबै दल र शक्तिहरुसँग राष्ट्रसङ्घीय प्रमुख बानले जोडदार आह्वान गर्नुभएको छ ।

सुडानको डार्फरमा सन् २००३ देखि, दक्षिणी कोर्डाेफान र ब्लु नाइलमा सन् २०११ देखि सुडानी सेना र विपक्षी समूहबीच हिंसात्मक द्वन्द्व सुरु भएको थियो । यी तीनै क्षेत्रमा फैलिएको द्वन्द्वका कारण करिब ५८ लाख नागरिकलाई मानवीय सहायताको आवश्यकता परेको बताइएको छ । –सिन्ह्वा