२ कार्तिक २०८३, सोमबार

कालीगढ अभावले भोजपुरे खुकुरी सङ्कटमा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Khukuriभोजपुर, २ भदौ । स्वदेश तथा विदेशमा खुकुरीका लागि प्रख्यात मानिएको भोजपुरे खुकुरीको उत्पादन दिनप्रतिदिन सङ्कटमा पर्दै गएको छ ।

दक्ष कालीगढ तथा कोइला अभावले यो व्यवसाय सङ्कटमा परेको व्यवसायीको भनाइ छ । भोजपुरे, सिरुपाते, चित्लाङ्गले, कोथीमोडा लगायतका खुकुरी निर्माण हुने यहाँको भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म भएपनि दक्ष कालीगढ नहुँदा खुकुरी उत्पादन हुन नसकेको व्यवसायी सन्तोष विश्वकर्माले बताउनुभयो ।

व्यवसायलाई जीवन्त राख्नका लागि विभिन्न खालका खुकुरी बनाउने तालिम सरकारी निकायबाट सञ्चालन गरिनुपर्ने व्यवसायी विश्वकर्माको माग रहेको छ । व्यवसाय सञ्चालनमा समस्या रहेपनि खुकुरीको माग भने अत्यधिक रहेको बताइएको छ ।

विदेश जाने लहरका कारण गाउँघरमा सञ्चालनमा रहेका आरनहरु बन्द हुँदा यतिबेला गाउँघरका लागि पनि सदरमुकामबाट नै खुकुरी लाने गरेका छन् भने गाउँघरमा सञ्चालित आरन प्रायः बन्द अवस्थामा रहेका छन् । रासस