१ कार्तिक २०८३, आइतबार

उत्तर कोरियाका कुटनीतिज्ञ लण्डनबाट दक्षिण कोरिया भागे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

kim69

सिओल (दक्षिण कोरिया), १ भदौ । दक्षिण कोरियाले बुधबार बेलायतका लागि उत्तर कोरियाली सहायक राजदूतले प्योङयाङको कूटनीतिक छविमाथि प्रश्न चिह्न खडा गर्दै उत्तर कोरियाबाट पलायन भएर दक्षिण कोरियाली राजधानी सिओल पुगेको जनाएको छ ।

दक्षिण कोरियाका एकीकरण मामिला मन्त्री थाई योङ होले लण्डनका लागि उत्तर कोरियाली दोस्रो नम्बरका कूटनीतिक प्रतिनिधिले आफ्नो परिवारसहित सिओल पुगेको पुष्टि गर्नुभएको छ ।

दक्षिणको शरणमा पुगेका उत्तर कोरियाली कूटनीतिज्ञ र उहाँका परिवार अहिले सरकारको संरक्षणमा रहेका छन् ।

उनीहरुलाई छिट्टै सम्बद्ध सङ्घसंस्थाको जिम्मा लगाइने र यसका लागि प्रक्रिया सुरु गरिएको योङ होले बताउनुभयो । रासस/एएफपी