पोखरा, १ भदौ । पोखराको सिमलचौरमा एक युवकले चक्कु प्रहार गरी युवतीको हत्या गरेका छन् ।
स्याङजा किचनासका संजीवबहादुर नेपालीले आफ्नै पूर्व श्रीमती स्याङजा पौवेगौंडे माइती भएकी सोनम रेग्मीको हत्या गरेका हुन् । बुधबार दिउँसो सोनमको कोठामा पुगी सञ्जीवले चक्कु प्रहार गरि हत्या गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सोनमको हत्यापछि संजीवले आफूले पनि विष सेवन गरेका थिए । युवकलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएपनि मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।

स्थानीयका अनुसार उनीहरु पूर्व पतिपत्नि हुन् । उनीहरुको केही महिना अगाडि डिभोर्स भएको थियो । पाँच वर्षअघि उनीहरुले अन्तरजातिय विवाह गरेका थिए । प्रेम विवाह भएपनि पहिलेदेखि नै मनमुटाव हुँदै आएको र केही समयअघि डिभोर्स गरेका थिए ।
भाडामा बस्दै आएको कोठाबाट सोनमलाई बाहिर ल्याएर संजीवले चक्कु प्रहार गरेको प्रहरीले जनाएको छ । चक्कु प्रहारपछि संजीवले विष सेवन गरेका थिए । चक्कु प्रहार हुँदा युवती कराएपछि स्थानीयहरु घटनास्थल पुगेका थिए । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता गुजुसिद्धि ब्रजार्चाले जानकारी दिए ।
हेर्नुस् भिडियोः
https://www.youtube.com/watch?v=VctuprmcZKA












प्रतिक्रिया