क्वालालम्पुर, १ भदौ । पूर्व उद्योगमन्त्री तथा युवा संघ नेपालका पूर्वअध्यक्ष महेश बस्नेतले राष्ट्रको पक्षमा काम गरिरहेको ओली नेतृत्वको सरकार ढाल्नेले जनतालाई दुःख दिने र आफ्नो पराजयको बाटो रोजेको बताउनु भएको छ ।
मंगलबार प्रवासी नेपाली मञ्च मलेसियाले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अहिलेको परिस्थितीमा माओबादीले सरकारको लिप्तामा फसेर आफै नेपाली राजनीतिबाट बिलिन हुने संकेत देखाएको बस्नेतले बताउनुभयो । मैदानमा नयाँ खेलाडी आउनु जानु स्वभाविक हो, नेपालको राजनीतिक मैदानमा नेकपा एमाले र कांग्रेस मात्र रहने र अरु सबै राजनैतिक पार्टी समय आएपछि आफै बिलाउदै जाने उहाँले दाबी गर्नुभयो ।
कार्यक्रममा बोल्दै बस्नेतले अहिलेको सरकार अर्थहिन रहेको टिप्पणी गर्नुभयो । आफै सहभागी सरकारको बिपक्षमा अविश्वासको प्रस्ताव पेस गरेर बनेको माओबादी केन्द्र नेतृत्वको अहिलेको सरकार, मन्त्रीमण्डल बिस्तार नसकिदै संकटमा पर्न थालेको बस्नेतले टिप्पणी गर्नुभयो । आफ्नै पार्टीभित्रबाट, सरकारमा सहभागी हुने पार्टीदेखि मधेसवादी दलहरुको समेत आलोचना खेप्दै आएको यो सरकार तीन महिना पनि नटिक्ने उहाँले दावी गर्नुभयो ।












प्रतिक्रिया