१ कार्तिक २०८३, आइतबार

टर्कीका अधिकारीद्वारा गुलेनविरुद्ध दोहोरो जन्मकैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Islamic-preacher-Fethulla-012अङ्करा (टर्की), १ भदौँ । पश्चिमी टर्कीका न्यायाधिकारीद्वारा अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका इस्लाम धर्मगुरु फेतुल्लाह गुलेनविरुद्ध दोहोरो जन्मकैदको माग गरेका छन् ।

टर्कीका इस्लाम धर्मगुरु गुलेनले टर्कीमा राजनीतिक अस्थिरता निम्त्याउन अमेरिकामा बसी राज्यविरोधी काम गरेको उनीहरुको दाबी छ ।

गुलेनमाथि टर्कीमा जुलाई १५ मा भएको असफल राज्य विद्रोह कु गर्ने प्रयास गरेको आरोप पनि छ ।

गुलेनद्वारा चलाएको धार्मिक अभियानको एक वर्ष लामो अनुसन्धानपछि टर्कीको पश्चिमी सहर उसाकका न्यायाधिकारीले गुलेनलाई दोहोरो जन्मकैदसहित एक हजार ९०० वर्षको काराबास हुनुपर्ने माग गरेको टर्कीको सरकारी समाचार संस्था अनादोलुले जनाएको हो ।

उसाकको अदालतले मङ्गलबार स्वीकार गरेको दुई हजार ५०० पृष्ठ लामो आरोपपत्रमा गुलेनसहित १११ जना अन्य शङ्कास्पद व्यक्तिलाई अमेरिकी परोपकारी संस्था वा चन्दादाताद्वारा संदिग्ध कम्पनीमार्फत कारोबार गरेको आरोप छ ।

उक्त आरोपपत्रमा इस्लाम धर्मगुरु गुलेनको टर्कीमा यस वर्षको जुलाई १५ मा भएको असफल कु प्रयासमा संलग्नता रहेको बताइएको छ ।

अमेरिकी राज्य पेनसिलभेनियामा स्वघोषित निर्वासनमा रहँदै आउनुभएका गुलेनमाथि अदालतमा उहाँको अनुपस्थितिमै राज्य विद्रोह गरी सत्ता परिवर्तन गर्न सैन्य समूहलाई नेतृत्व दिएको आरोपमा मुद्दा चलाइएको छ ।

उहाँमाथि आतङ्कवादी समूहलाई नेतृत्व प्रदान गर्दै राज्यविरोधी गतिविधि गर्न विभिन्न धार्मिक समुदायलाई उद्दत गराएको आरोप छ ।

धर्मगुरु गुलेनमाथि सन् २०१५ को नोभेम्बरदेखि उहाँको अनुपस्थितिमा नै अर्को एक मुद्दा पनि चलाइएको थियो ।

यसैबिच मङ्गलबार इश्तानबुल प्रहरीले धर्मगुरु गुलेनलाई आर्थिक सहयोग गर्ने विभिन्न ४४ शङ्कास्पद कम्पनीमाथि छापा मारेको छ ।

यसैगरी सरकारी सुरक्षाकर्मीले मङ्गलबारै १२० कम्पनीका प्रशासक प्रमुखलाई हिरासतमा लिन पक्राउ पूर्जी जारी गरेका छन् । –एपी