११ कार्तिक २०८३, बुधबार

केरुङ जान अब चीनले नेपालीहरूलाई सहजै भीषा दिने

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Chinaकाठमाडौं, १ भदौँ । एकदिने पासको व्यवस्था नहुँनदा चीनको केरुङ जानबाट वञ्चित व्यवसायीलाई भिषामार्फत प्रवेश पास दिन केरुङका अधिकारी सहमत भएका छन् ।

चीनसँगको प्रमुख व्यपारिक मार्ग सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि रसुवागढीबाट सामान आयात–निर्यात हुने थाले पनि चीनले रसुवाबाहेक अन्यत्रका व्यापारीलाई प्रवेश पास दिएको थिएन । नागरिक दैनिकले समाचार छापेको छ ।

‘हामीले व्यापारीको आवातजावात सहज बनाउन प्रवेश पाससँगै भिषाको व्यवस्था गर्न सिफारिस दिन लागेका छौं’, रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले भने, ‘व्यापारीको गुनासो बढेपछि भिषाका लागि चीनसँग आग्ह गरका छौं ।’

चीनले तत्काल सय व्यापारीका लागि मल्टिपल भिषा दिने भनेपछि सोही अनुसारको प्रक्रिया अघि बढाइएको अधिकारीले बताए ।

परराष्ट्र मन्त्रालयमा सिफारिस भएपछि व्यापारीले भिषाका लागि आवेदन दिन सक्नेछन् ।