११ कार्तिक २०८३, बुधबार

सबैलाई चकित तुल्याउने अर्थसचिव रेग्मीको खुल्यो गोप्य रहस्य

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Lokdarshan Regmiकाठमाडौं, १ भदौं । सचिवले तलब भत्तावापत राज्यकोषबाट तलब र भत्तामा बुझ्ने ५१ हजार रुपैयाँ हो ।

यसबाहेक इन्धनमा मासिक एक सय लिटर पेट्रोलको सुविधा हुन्छ । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

अर्थसचिव लोकदर्शन रेग्मीको खान्कीमै योभन्दा बढी खर्च भएको हुनसक्छ ।

अर्थसचिवका लागि खान्की तारे होटेल द्वारिकाजबाट मगाइने भएकाले यस्तो अनुमान गरिएको हो ।

अति व्यस्त हुने अर्थसचिवका लागि कार्यालय समय १०–५ बजे भन्ने हुन्न ।

कुर्सीमा बस्ने जोपनि बिहानै मन्त्रालय आउने र साँझ अबेरसम्म बस्ने गर्छन् । रेग्मी पनि त्यसै गर्छन् ।

अझ उनी त मन्त्रालयका निकटस्थलाई लिएर डिनरमा द्वारिकाज जाँदा पनि फर्केर मन्त्रालयमा आई राति १० बजे सिंहदरबारभित्रै इभनिङ वाक गर्छन् ।

बिहान ब्रेकफास्टदेखि डिनरसम्मको खानेकुरा द्वारिकाजबाटै आउँछ ।

‘सचिवज्यूलाई सुप खान मन लागे पनि द्वारिकाजमै अर्डर हुन्छ’, मन्त्रालयका एक कार्यालय सहयोगीले भने ।

तत्कालीन सचिव रामेश्वर खनाल र शान्तराज सुवेदी क्यान्टिनकै चाउचाउ खान्थे, कहिलेकाहिँ सुक्खा रोटी तरकारी ।

कृष्णहरि बास्कोटाले चाउचाउबाहेक सायदै खाए, चाउचाउमा एउटा अन्डाचाहिँ चाहिन्थ्यो । ‘अहिलेका सचिवलाई ब्रेड पनि द्वारिकाकै नभई नहुने,’ ती सहयोगीले भने ।

सहकर्मीसँग सचिवले ‘म सानोतिनो मान्छे हैन, सानोतिनो ठाउँको खाँदिन ।’ बारम्बार भन्ने गर्छन् ।

उनले दोहोराउने अर्को कुरा हो–सानो चित्त बनाउनु हुँदैन, हामीले एकाथ लाखको खाएर फरक पर्दैन ।

बजेट लेखनका क्रममा संलग्न कर्मचारीलाई पनि मन्त्रालयमै खाना खुवाउने चलन छ ।

अघिका वर्ष क्यान्टिनकै खाना सबै हुन्थ्यो । यसपालि द्वारिकाजका साथै कहिलेकाहिँ बबरमहल रिभिजिटेडबाट मगाइएको थियो ।

सचिवले बजेटसम्बन्धी छलफल पनि धैरै होटलमै गरेका थिए ।