काठमाडौं, ३२ साउन । दुई देशको सम्बन्ध सुधार तथा भारतीय राष्ट्रपतिको नेपाल भ्रमणको वातावरण बनाउन प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भदौ २ गते भारत भ्रमणमा जाने भएका छन् ।
मंगलबार भारतीय राजदूत रन्जीत रेसँग परामर्श गरी निधिले भ्रमण तय गरेका हुन् । दिल्लीमा उनले ३ र ४ गते राजनीतिक नेतृत्वसँग औपचारिक भेटवार्ता गर्ने गृह मन्त्रालयका प्रवक्ता यादव कोइरालाले बताए ।
सरकारले हालैमात्र उपप्रधानमन्त्री कृष्णबहादुर महारालाई चीन र निधिलाई भारतमा विशेष दूतका रुपमा पठाउने निर्णय गरेको थियो । मन्त्रिपरिषदको निर्णय अनुसार महरा अहिले बेइजिङ भ्रमणमा छन् । अब निधिको भ्रमण तय भएको छ ।












प्रतिक्रिया