२६ कार्तिक २०८३, बिहिबार

सिंहदरबारभित्र प्रचण्डको टेबलनिर जब वैद्य ठिंग उभिए…

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-baidhya

काठमाडौं, ३२ साउन । राजनीतिमा कहिले के हुन्छ निश्चित हुँदैन भन्ने मान्यतालाई भर्खरैको एक घटनाले पुष्टि गरेको छ । नाताले त मोहन वैद्य पुष्पकमल दाहालका गुरु हुन् । गुरु अहिले सानो पार्टीको अध्यक्ष भई सर्वहारा वर्गका लागि लडिरहेका छन् । चेला प्रचण्ड दोस्रोपटक देशको प्रधानमन्त्री भइसके ।

चेला प्रधानमन्त्री भएपछि गुरु मंगलबार दोस्रोपटक भेट्न प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् । पहिलोपटक बधाई र सुझाव दिन बालुवाटार आएका वैद्यले बुधबार चेला प्रचण्डलाई विभिन्न माग राख्दै सिंहदरबारमा ज्ञापनपत्र समेत बुझाए । यो दृश्य निकै घतलाग्दो भइदियो कि माग पूरा गराउन गुरुले चेलासमक्ष हात फैलाउनुपर्ने ।

नेकपा (क्रान्तिकारी माओवादी) अध्यक्ष वैद्य सुकुम्बासी प्रतिनिधित्व गर्दै ज्ञापनपत्र बोकेर बालुवाटार पुगेका थिए । र प्रचण्डको टेवलअगाडि सिधा उभिएका थिए । प्रचण्डले सुकुम्बासीहरुका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछि बसेका थिए ।

Prachanda-Gyapan-to-Baidya-640x432

प्रधानमन्त्रीले वर्षातको समस्यामा बैकल्पिक व्यवस्था बिना सुकुम्बासी हटाउने काम न्यायोचित नहुने भन्दै त्यसका लागि सरकारले निर्देशन दिइसकेको बताउँदै व्यवस्थित र संस्थागत रुपमा सुकुम्बासीका समस्या समाधानमा सबैको सहयोग रहने विश्वास व्यक्त गरे ।

भेटमा प्रतिनिधि मण्डलले बैकल्पिक व्यवस्था बिना सुकुम्बासी बस्ती नहटाउन, बत्ती, पानी, बिजुलीको आपूर्ति सहज बनाउन, वास्तविक र नक्कली सुकुम्बासीको पहिचान गर्न, सुकुम्बासीलाई क्षतिपूर्तिको व्यवस्था गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको थियो ।