२६ कार्तिक २०८३, बिहिबार

चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपालले दियो भ्रमणको औपचारिक निम्तो

966
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

mahara-china

काठमाडौं, ३२ साउन । नेपाल सरकारले चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिएको छ ।

मंगलबार प्रधानमन्त्रीको विशेष दूतका रुपमा बेइजिङमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट गरी राष्ट्रपति विद्या भण्डारीले चिनियाँ समकक्षी सी जिनपिङ र प्रधानमन्त्री प्रचण्डले आफ्नो समकक्षी ली खछ्याङलाई नेपाल भ्रमणका लागि पठाएको निम्तो पत्र हस्तान्तरण गरेका हुन् ।

भेटमा नेपाल–चीन सम्वन्धबारे कुराकानी भएको थियो भने चीनसँग भएको सम्झौता र सहमतिलाई नयाँ सरकारले कार्यान्वयन गर्ने प्रतिवद्धता महराले चिनियाँ समकक्षीसँग व्यक्त गरेका छन् ।

भेटमा चिनियाँ विदेशमन्त्रीले नेपालमा स्थिरता होस् भन्ने चीनको चाहना रहेको बताए ।

बेइजिङस्थित नेपाली दूतावासले निकालेको विज्ञप्ति:

Press-Relese-of-Chinese-Embassy