काठमाडौं, ३२ साउन । विश्वको सबैभन्दा ठूलो चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कर्पोरेशन (सीजीजीसी)ले १२०० मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी आयोजना निर्माण गर्न इच्छुक रहेको बताएको छ ।
मंगलबार एक विज्ञप्ति जारी गरी चिनियाँ कम्पनीले नेपालको जलविद्युत विकासमा सहयोगीको भूमिका निर्वाह गर्ने इच्छा रहेको भन्दै बुढीगण्डकी आयोजना निर्माणमा नेपाल सरकार र हरेक नेपालीको सहयोग–सद्भाव प्राप्त हुने विश्वास व्यक्त गरेको छ ।
यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले जाँदाजाँदै ठाडो निर्देशनमा बुढीगण्डकी आयोजना विश्वकै उत्कृष्ट चिनियाँ कम्पनी सीजीजीसीलाई निर्माण जिम्मा दिएका थिए ।
कम्पनीले अब कार्ययोजना तयार पारी छिट्टै काम थाल्ने र त्यसका लागि नेपाल र नेपालीको साथ चाँहिने बताएको छ ।
सीजीजीसी कम्पनीले हालसम्म विश्वका १३६ देशमा करिब १९० वटा विकास आयोजना कार्यान्वयन गरेको छ । सीजीजीसी विश्वका उत्कृष्ट २५० अन्तर्राष्ट्रिय निर्माण व्यवसायीहरुको सूचिमा ४१ औं स्थानमा पर्छ ।
















प्रतिक्रिया