२६ कार्तिक २०८३, बिहिबार

लोकमानविरुद्धको मुद्दा अध्ययन गर्न संसदले गठन गर्यो उपसमिति, को-को छन् सदस्य ?

10.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

onsari-gharti

– विमल योगी

काठमाडौं, ३२ साउन । व्यवस्थापिका संसदले जरुरी सार्वजनिक महत्वको विषय र संकल्प प्रस्तावबारे अध्ययन गर्न उपसमिति गठन गरेको छ ।

मंगलबार सभामुख ओनसरी घर्तीले सबै दलका प्रमुख सचेतकहरुसँग परामर्श गरी १० सदस्यीय समिति गठन गरेकी हुन् । समितिको संयोजक भने अहिले तोकिएको छैन् ।

जरुरी सार्वजनिक महत्वको विषय र संकल्प प्रस्तावहरुलाई अगाडि बढाउँदाखेरी यी विषयमा दर्ता भएका मुद्दाहरु अगाडि बढाउने कि नबढाउने, संसदमा लैजादा यसको महत्वको छ कि छैन् यिनै विषयमा अध्ययन गर्न उपसमिति गठन गरिएको संसद सचिवालयले जनाएको छ ।

समितिको सदस्यहरुमा कांग्रेसबाट मिनबहादुर विश्वकर्मा र रामकृष्ण यादव, एमालेबाट गोकुल घर्ती र रविन्द्र अधिकारी, माओवादीबाट सीता नेपाली, राप्रपा नेपालबाट कुन्ती शाही, संघीय समाजवादी फोरमबाट दिलबहादुर नेपाली, फोरम लोकतान्त्रिकबाट गीता क्षेत्री, राप्रपाबाट राज्यलक्ष्मी श्रेष्ठ रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तविरुद्ध अविश्वासको प्रस्तावसहित जरुरी सार्वजनिक महत्वको पाँच वटा प्रस्ताव र एउटा संकल्प प्रस्ताव परेपछि संसदले समिति बनाएर अध्ययन थालेको हो ।