२ कार्तिक २०८३, सोमबार

रत्न राजमार्गमा जोखिमको यात्रा, सडक कार्यालय मौन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ratna-sadak
फाइल तस्वीर

– शेरबहादुर थापा

सुर्खेत, ३१ साउन । मध्य तथा सुदूरपश्चिम क्षेत्रकै मेरुदण्ड मानिने रत्न राजमार्ग आजकल खाल्डै खाल्डाको राजमार्ग बन्न पुगेको छ ।

खासगरि बबइ नदीभन्दा उकालो लागेपछि यो रोड भएर यात्रा गर्ने सयौं गाडि चालक तथा यात्रुहरु डराइ डराइ यात्रा गर्नुपर्ने बाध्यतामा छन । नयाँ प्रस्तावित प्रदेश नं ६ को प्रस्तावित राजधानी सुर्खेतलाई प्रदेश नम्बर ५ सँग जोडने एकमात्र विकल्पको रुपमा वर्षाैंदेखि सञ्चालनमा रहेको यो राजमार्गमा सजिलै दुई गाडि समेत आवतजावत गर्न सक्दैनन ।

करिब १० भन्दा बढि ठाँउमा आएको पहिरोले रोडको किनार भत्काउँदा र बीच रोडसम्मै पहिरोले ओगट्दा सो समस्या सिर्जना भएको हो । देउरालीदेखि बबईसम्मको सडकमा यात्रागर्दा गाडी झण्डै पल्टेला जस्तो हुने गरेको सुर्खेतका स्थानीय कल्पना थापाले दैनिक नेपाललाई बताइन । उनका अनुसार यो क्षेत्रमायात्रा गर्दा यात्रुहरुले खतरालाई झेल्न सक्ने मनस्थिती नै तयार गरेर हिडनुपर्ने अवस्था सिर्जना भएको दुखेसो समेत पोखिन ।

हिजो साँझ नेपालगञ्जबाट आएका अर्का यात्री भक्त बहादुर शाहीले मध्यपश्चिम क्षेत्रलाइृ सिगों देशसँग सम्बन्ध स्थापीत गर्ने सडकको त यो अवस्था छ झन यस क्षेत्रमा रहेका अन्य राजमार्गको अवस्था कस्तो होला भन्दै उल्टै जिज्ञासा समेत राखे । उनले नेपालमा क्रियाशिल राजनैतिक दलहरु सत्ताको लुछाचुडिमाँ नै ब्यस्त हुने र बर्षेनी जनताले यस्तै जोखीम मोलेर यात्रा गरिरहनुपर्ने बाध्यता रहेको भन्दै अविलम्ब सडकको मर्मत तथा सम्भार गर्नुपर्ने समेत बताए ।

उता यसबारेमा कारकादो स्थित सडक डिभिजन कार्यालयमा सम्पर्क गर्न खोज्दा फोन उठेन । सुर्खेतस्थित डिभिजन कार्यालयले हर्रेदेखि मात्रै आफ्नो क्षेत्रमा पर्ने हुँदा केहि बताउन नसक्ने जानकारी दियो ।