२ कार्तिक २०८३, सोमबार

एनसेलको नयाँ ब्राण्ड लोगो सार्वजनिक

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Ncell_Main Logoकाठमाडौं, ३२ साउन । एनसेल प्रा. लि. (एनसेल) र आजीयाटा ग्रुपबर्हाद (आजीयाटा) ले साउन ३२ मंगलबार एनसेलको रिब्राण्डिङ्गको घोषणा गर्दै एनसेल – आजीयाटा सम्बद्ध कम्पनीको नयाँ ब्राण्ड लोगो अनावरण गरेका छन् । एनसेलको ८० प्रतिशत शेयर होल्ड गर्ने विदेशीकम्पनी रेन्होल्डस् होल्डिङ्गस्माआजीयाटाको एकललगानी रहेको छ ।

एनसेलको नयाँ ब्राण्डमा रुपान्तरणसँगै

– आजीयाटाको अन्तर्राष्ट्रिय दक्षतातथाएनसेलको उत्कृष्ट गुणस्तर, सुपथ सेवातथा सशक्त स्थानिय धरोहरको बेजोड मेल भएको छ ।
–  आधुनिकप्रविधि, नविनता र डिजिटलाईजेसनलाई अपनाउदै नेटवर्क विस्तार गर्ने र सम्पूर्ण ग्राहकका संचारलाई अझ सुदृढ गर्ने कार्यमाथपध्यान केन्द्रितभएको छ ।
– नयाँप्रतिभाको विकास तथा दुरसंचार क्षेत्रमा नेपाली नेतृत्वकोविकास गर्ने कार्यलाई गतिबनाएको छ ।

रिब्राण्डिङ्गसँगै कम्पनीको रोमांचकनयाँअध्याय शुरु भएको छ । आजीयाटा सम्बद्ध कम्पनीको रुपमाएनसेल उत्कृष्ट नेटवर्कको विकासमादिर्घकालिन रुपमालगानीगर्दै देशका अतिविकट क्षेत्रमा रहेका नागरिकलाई समेत संचार मार्फत जोड्दै नेपालको विकासमा योगदान पु-याउन प्रतिवद्ध छ ।

एनसेलकाप्रबन्धनिर्देशक साइमनपर्किन्सले भने, “एनसेल एक मोवाईल नेटवर्क प्रदायकमात्रहोईन, हामी नेपालको व्यावसायिकनागरीक हौं र हामी राष्ट्रको आकांक्षाबमोजिमसामाजिकआर्थिक समृद्धिकालागि सरकारसँग सहकार्य गर्न प्रतिवद्ध छौं ।”

“एशियाकै प्रमुख दुरसंचार समूह आजीयाटाको सहयोगप्राप्तभएकोमाहामीहर्षित छौं । आजीयाटा दुरसंचार क्षेत्रमा डिजिटल तथाप्राविधिकविकासमा अग्रणी स्थानमा छ र आफ्नो स्वच्छप्यान–एशिया ट्रयाक रेकर्ड सहित नेपालमाप्रवेश गरेको छ ।”

एनसेलले नेपालीउपभोक्तालाई आपसमाजोड्ने आफ्नो प्रतिबद्धता बमोजिमटुजी/थ्रीजी जीएसएम नेटवर्क विकासकालागिहालसम्म७४ अर्ब रुपैयाँलगानी गरेको छ । फोरजी/एलटिई जस्ता आधुनिकप्रविधिले नेपालीउपभोक्तालाई आफनो मोवाईल सेटमै भिडियो स्ट्रिमिङ्ग, संगित, गेम्स तथा कारोवार गर्ने जस्ता थपविकसितफिचर तथाएप्लिकेसनको प्रयोग गर्न सम्भव बनाउने छ । नेपालीतथा नेपालको प्रगतिकालागि महत्वपूर्ण हुने यस फोरजी/एलटिई सेवा संचालनकालागिआवश्यक स्पेक्ट्रम प्राप्तहुनेमाएनसेल विश्वस्त छ ।

सन् २०१६ का लागिएनसेलले घोषणा गरेको रु १२ अर्बको पुँजीगतलगानीबाहेक एनसेलले आफ्ना निष्ठावान ग्राहककालागिउत्कृष्ट सेवासंचालन सुनिश्चितगर्ने प्रतिवद्धता अन्तर्गत आगामी २ वर्षमाथप७० अर्ब रुपैयाँपुजीगततथा संचालनलगानीगर्ने घोषणा गरेको छ ।

एशियाको प्रमुख दुरसंचार समुहका रुपमा रहेको आजीयाटा दक्षिण एशियामा दिर्घकाल सम्म सेवाप्रदानगर्दै आएको छ । आजीयाटाको श्रीलंकातथाबंगलादेशमा २० भन्दा बढी वर्षको उपस्थिती छ, भने पाकिस्तानतथाभारतमापनिलगानी रहेको छ । व्यावसायिक सुशासनतथाकानुनको परिपालनामा प्रतिबद्ध समुहको रुपमा परिचित आजीयाटाको आफु उपस्थित देशहरुमा ठूला करदाताका रुपमा रहेका कम्पनीहरु छन् ।

“दक्षिण एशियामा रहेको उपस्थितीले गर्दा आजीयाटा एनसेललाई नविन डिजिटल तथामोवाईल सेवामार्फत अवसरहरुको लाभलिदै प्रगतिको अर्को तहमा लैजानप्रभावकारी अवस्थामा रहेको छ । आजीयाटाको एशियालाई अगाडि बढाउने (एडभान्सिङ्ग एशिया) भिजनले उत्कृृट कनेक्टिभिटी, प्रविधितथा कौशललाई समेटेको छ । त्यसैले आजीयाटासँगको यो सम्बन्धले नेपाली समुदायतथाकर्मचारीको प्रगतिमाथप योगदान पु-याउनेमा म विश्वस्त छु,” साइमनपर्किन्सले भने ।

नयाँ ब्राण्डको अनावरणसँगै एनसेलले साउन ३२ गतेबाट लागुहुने गरी आफ्नाग्राहककालागिनयाँ योजनाल्याएको छ, जस अन्तर्गत एनसेलका सम्पूर्ण ग्राहकले अन नेट ५० मिनेटको टक टाईम तथा ५०० एसएमएस निःशुल्कप्राप्तगर्न सक्छन् ।

एनसेलकासबै ग्राहकले एष्ट्रिक्स १७१२१ ह्यास डायल गरी यो योजनामानिःशुल्कसहभागीहुन सक्छन् र प्राप्त ५० मिनेट टक टाईम तथा ५०० एसएमएस एनसेलको कुनै पनिअर्को नम्बरमाकलगर्न र एसएमएस पठाउन प्रयोग गर्न सक्छन् । यसरी प्राप्त टक टाईम र एसएमएसकोसमयावधि एक हप्ताको रहेको छ ।

यो योजनाभदौ १४ गतेसम्मजारी रहने छ र योजनाअवधिमा एक पटक मात्रनिःशुल्क टक टाईम तथाएसएमएस प्राप्तहुनेछ ।

एनसेलबारे

एनसेलले नेपालमा सन् २००४ देखि देशको पहिलो निजीमोबाइल सेवाप्रदायकका रूपमा सेवाप्रदानगरिरहेको छ । हामी देशभित्रकावासिन्दाहरूलाई उच्चस्तरीय मोवाईल नेटवर्क उपलब्ध गराउनमा प्रतिबद्ध छौं । हामी स्थानीयअनुभूतिसहितअन्तर्राष्ट्रिय गुणस्तरको सेवाउपलब्ध गराउँछौं ।

हाम्राअधिकांशकर्मचारीहरू नेपालीनै छन् र हाम्रा सेवाहरू स्थानीय समुदायको आवश्यकतालाई पूरा गर्ने गरी तयार पारिएका छन् ।हामी नेपालका सबै जनतालाई आफ्नो नेटवर्क मार्फत उच्च गुणस्तरीय, आधुनिक र सुलभ सेवाको पहूँचमाल्याउन र आफ्नाग्राहकतथा साझेदारका लागि महत्वपूर्ण भुमिकानिर्वाह गर्न निरन्तर लागिरहेका छौं ।

चैत २९, २०७३ माएनसेल आजीयाटा ग्रुपबर्हादसँग आबद्ध भएको हो । आजीयाटाको साथमा, एनसेलले आफ्नो उच्चस्तरीय सेवाको संजाल फैलाउदै र अति विकट ठाँउका जनताहरुलाई समेत संचार सेवाको पहुँचभित्रल्याउदै, देशको आर्थिक र पुर्वाधार विकासमा योगदान पु¥याउदै आएको छ ।

एनसेल नेपालको सबैभन्दा ठूलो करदाता रहेको छ । हालकम्पनीले करिब १ करोड ४० लाखग्राहकलाई सेवाप्रदानगरिरहेको छ भने करिब ४० हजार नेपालीहामीसँगप्रत्यक्षतथाअप्रत्यक्षरुपमाकामगरिरहेका छन् । एनसेलले देशमा ८५ अर्ब भन्दा बढीको स्थिर सम्पत्ति सृजना गरेको छ ।

आजीयाटाबारे

एसियाको एक अग्रणी दूरसञ्चार समूहको रुपमा रहेको आजीयाटा हाल १० वटा देशमाउपस्थित छ र करिब २९ करोड ग्राहकलाई सेवाप्रदानगरिरहेको छ । मोबाइल नेटवर्क संचालन, संचार पुर्वाधार सेवा, डिजिटल सेवा जस्ता विविध क्षेत्रमाअनुभव संगालेको यो समुहले आफ्नो ‘एडभान्सिङ् एसिया’ को परिकल्पनामाउत्कृष्ट कनेक्टिभिटी, प्रविधि र जनशक्तिलाई एकसाथ समेटेको छ ।

आजीयाटाको दक्षिण एशिया र दक्षिण पुर्वी एशियालीबजारका अग्रणी मोबाईल सेवाप्रदायकहरुमा नियन्त्रण अधिकार सहितको स्वामित्व रहेको छ । आजीयाटा गु्रपकाकम्पनीहरु मलेसियामा सेलकम, इन्डोनेसियामाएक्सएल, श्रीलंकामा डायलग, बंगलादेशमा रोबि, क्याम्बोडियामा स्मार्ट र नेपालमाएनसेलको ब्राण्डमा सञ्चालनमा रहेका छन् । आजीयाटा ग्रुपको भारतको आईडिया र सिङ्गापुरको एमवानमापनिलगानी रहेको छ ।

आजीयाटा ग्रुपको पुर्वाधार कंम्पनी ‘इडटको’ ६ वटा देशमा सञ्चालमा छ र यसले १६,००० भन्दा बढी मोबाईल टावर तथा १२,००० किमीफाइबरद्वारा दुरसंचार पुर्वाधार सेवाप्रदानगरिरहेको छ । यसले दक्षिण एसिया र दक्षिण पुर्वी एसियाबजारकै एक प्रमुखपुर्वाधार कम्पनीहुने उद्देश्यलिएको छ र जिम्मेवार र दिगो व्यवसाय संचालनमाप्रतिवद्घ छ ।

आजीयाटा डिजिटल (एडी), आजीयाटा समुहको डिजिटल सेवाप्रदायकसंस्था, ले आफ्ना २४ डिजिटल ब्राण्डहरु मार्फत मोबाइलमनी, मोबाइल एडभरटिङ, ई–कमर्स, मनोरञ्जन तथाशिक्षाजस्ता बढ्दो मागभएकाक्षेत्रमाविविध सेवाहरु प्रदानगर्दै इन्टरनेटमा आधारित व्यवसायमाद्रुतगतिमाप्रगतिगरिरहेको छ ।

एक प्रतिबद्घ र दीर्घकालीनलगानीकर्ताको रुपमा आजीयाटाले आफ्नाकम्पनीहरुमा२५,००० जनालाई रोजगारी प्रदान गरेको छ । आफ्नो दिगो लक्ष्यअनुरुप आजीयाटा गु्रपले युवाप्रतिभाकोविकास, प्रकोप नियन्त्रण र पर्यावरण संरक्षणमा नयाँपहलतथा सहयोग प्रदानगरिरहेको छ ।