११ कार्तिक २०८३, बुधबार

थानकोट डिपोमा पेट्रोल भण्डार निर्माणको जिम्मा भारतलाई नै

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal Oil Nigamकाठमाडौं, ३२ साउन । नेपाल आयल निगमले थानकोट डिपोमा पेट्रोलको भण्डार क्षता विस्तार गर्ने जिम्मेवारी भारतीय कम्पनी ट्यांकटेक एसिया कम्पनी चेन्नईलाई दिएको छ ।

ट्यांकटेकले २ सय किलोलिटर क्षताको ट्यांकी निर्माणको ठेक्का पाएको छ । कारोबार दैनिकले समाचार छापेको छ ।

भण्डारण क्षता विस्तारसँगै थानकोटमा ६ हजार किलोलिटरसम्म पेट्रोल मौजाद राख्न सकिने छ । हाल पेट्रोल भण्डारण क्षमता १ हजार ८ सय किलोलिटर मात्र छ ।

निगमा इन्जिनियरिङ विभाग प्रमुख वीरेन्द्र गोइतले टेन्डर आहृवान गर्दा ट्यांकटेक एसिया कम्पनी चेन्ईको मात्र आवेदन परेकाले सोही कम्पनीलाई छनोट गरिएको जानकारी दिए ।

मुलुकमा पेट्रलियम भण्डारण क्षमता कम हुँदा प्रायः अभावको अवस्था सिर्जना हुने गरेको छ ।