११ कार्तिक २०८३, बुधबार

एमालेले पत्ता लगायो माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुको असली कारण

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP Oli umlकाठमाडौं, ३२ साउन । एमालेको जारी स्थायी समिति बैठकमा माओवादी केन्द्रसँगको गठबन्धन टुट्नुमा आफ्नै पार्टीको समेत कारण जोडिएको भन्दै नेताहरूले नेतृत्वमाथि प्रश्न उठाएका छन् ।

स्थायी समितिको दुई दिनदेखि जारी बैठकमा बोल्दै नेताहरूले गठबन्धन जोगाउने पर्याप्त पहल नभएको भन्दै आलोचना गरेका हुन् । कान्तिपुर दैनिकले समाचार छापेको छ ।

सोमबार बोल्ने अधिकांश माधव नेपाल पक्षधर नेताहरूले अन्य शक्तिहरू गठबन्धन भत्काउन सक्रिय रहेका बेला आफ्नो तर्फबाट जोगाउने पर्याप्त पहल गर्न पार्टी चुकेको धारणा राखे ।

वरिष्ठ नेता नेपाल, उपाध्यक्षहरू युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, सचिव प्रदीप ज्ञवाली, स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेलगायत सोमबार बोलेका थिए ।

प्रधानमन्त्री प्राप्त गर्ने अवस्थामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले जे निर्णय गर्न सक्ने भए पनि आफ्नो तर्फबाट जोगाउने पहल गर्नु नै बढी बुद्धमानी हुने धारणा उनीहरूको थियो ।

‘गठबन्धन टुट्नुमा अन्य शक्तिहरूको भूमिका छ तर यसलाई बुझेर जोगाउन ध्यान दिनुपर्ने थियो’, नेता नेपालले भने ।

नयाँ गठबन्धनले संविधान कार्यान्वयन गर्न नसक्ने र मुलुकलाई खतरामा लैजाने सम्भावना रहेको उनको भनाइ थियो ।

नयाँ गठबन्धनले निर्वाचन नचाहेको उल्लेख गर्दै त्यसमा विशेष सजग भएर लाग्नुपर्ने धारणा पनि नेताहरूले राखेका थिए ।

पार्टी संस्थागत ढंगले चल्ने परिपाटीमा समस्या आएको भन्दै नेताहरूले नेतृत्वको ध्यानाकर्षण गराएका थिए ।