काठमाडौं, ३२ साउन । मधेसकेन्द्रित दलले मधेस आन्दोलनको अवधिमा दुर्घटना र कालगतिले निधन भएकालाई पनि सहिद सूचीमा पार्न सिफारिस गरेको पाइएको छ ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धनले आइतबार गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको मागसूचीमा सवारी दुर्घटनामा परेका, आत्महत्या गरेकादेखि करेन्ट लागेर ज्यान गुमाएकासम्मको नाम छ । नागरिक दैनिकले समाचार छापेको छ ।
मोर्चा र गठबन्धनले मधेस र आदिवासी आन्दोलनमा आन्दोलनकारी र सुरक्षाकर्मी गरी ६८ जनाको निधन भएको भन्दै सहिद प्रस्ताव गरेका हुन् ।
संविधानप्रति असन्तुष्ट दललाई जसरी पनि मनाउने तयारीमा रहेको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मन्त्रालयबाट सूची मन्त्रिपरिषद पुगेपछि सोझै पास गर्ने सम्भावना छ ।
सत्तारुढ गठबन्धन र मधेसकेन्द्रीत दलले आन्दोलनमा ज्यान गुमाएकालाई सहिद घोषणा गरी मृतकका परिवारलाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिने सहमति यसअघि जुटाइसकेका छन् ।















प्रतिक्रिया