काठमाडौं, ३१ साउन । काभ्रेपलाञ्चोकको कोशिपारि विर्तादेउरालीमा बस दुर्घटना हुँदा कम्तिमा २७ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सदरमुकामबाट तीन घण्टा दुरीमा पर्ने विकट क्षेत्र विर्तादेउरालीमा बस साँढे १२ बजे दुर्घटना भएको थियो । दुर्घटनाको खबर पाएपछि उद्दारका लागि प्रहरी टोली घटनास्थल पुगेको छ ।
घाइतेको उद्दारका लागि नेपाली सेनाको हेलिकप्टर घटनास्थलतर्फ जाँदैछ ।
काठमाडौंबाट हिडेको बा २ ख १०६ नम्बरको बसमा ४० जनाभन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया