२६ कार्तिक २०८३, बिहिबार

एमालेको स्थायी समिति आज दोस्रो दिन बैठक बस्दै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

UML Meetingकाठमाडौं, ३१ साउन । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल थालेको प्रमुख विपक्षी दल नेकपा (एमाले)को स्थायी समितिको बैठक बस्दैछ ।

पार्टी मुख्यालय धुम्बाराहीमा बिहान ११ बजेपछि बस्ने बैठकमा परिवर्तित राजनीतिक अवस्थाका विषयमा छलफल हुने एमालेले जनाएको छ । एमालेले आफ्नो नेतृत्वको सरकारका पालामा अघि बढाइएका ठूला योजनालाई कार्यान्वयन गर्न दबाब दिने रणनीति बनाउने उल्लेख गरेको छ ।

बैठकमा छलफलका लागि विगतका कामको समीक्षा, पोलिट्ब्यूरो र केन्द्रीय कमिटीको बैठकको मिति निर्धारण, स्थानीय तहको पुनःसंरचनाबारे पार्टीको धारणा, पार्टीका प्रदेश कमिटीहरुको पूर्णता, सल्लाहकार परिषद्मा सदस्य थप, जेष्ठ कम्युनिस्ट मञ्च गठन, पार्टीको आगामी कार्ययोजना, केन्द्रीय कमिटी सदस्यहरूको कार्यविभाजन र पार्टी प्रवेश गरेकाहरूको जिम्मेवारी व्यवस्थापनसम्बन्धी कार्यसूची तय भएका छन् ।