इजरायल । नेपाली संघीय समाज (नेफेसो) इजरायलको गत शुक्रबार सम्पन्न दोस्रो अधिवेशनले सुन्दरसिंह लामा तामाङको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
संघीय समाजवादी फोरम, नेपालका वरिष्ठ नेता अशोककुमार राईको प्रमुख आतिथ्य र ससफो नेपालका केन्द्रीय सदस्य तथा पूर्व राजदूत डा. गणेश योन्जन तामाङको विशेष आतिथ्यमा इजारायलको लेबेन्दामा गत अगस्ट १२ तारिखमा सम्पन्न अधिवेशनले सर्वसम्मत नेतृत्व चयन गरेको इजरायलमा रहेकी लक्ष्मी योन्जन तामाङले जानकारी दिइन् ।
नेफेसो इजरायलको दोस्रो अधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिमा को–को छन् ?
१) अध्यक्ष–सुन्दरसिहं लामा तामाङ (नेपाल आदिवासी जनजाति महासंघ, इजरायलका संस्थापक महासचिव र पूर्व अध्यक्ष, प्रमुख सल्हाकार एवं वर्तमान संरक्षक तथा नेपाली संघीय समाज, इजरायलका संस्थापक संयोजक, रामेछाप)
२) प्रथम उपाध्यक्ष– लिला थापा मगर (नेपाली संघीय समाज, इजरायलका संस्थापक कोषाध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ, इजरायलको पूर्व कार्याकारिणी सदस्य, धादिङ)
३) द्धितीय उपाध्यक्ष– बालकुमार राई (किराँत राई यायोक्खा इजरायलका अध्यक्ष तथा एनआरएनए इजरायलका युवा प्रतिनिधि, भोजपुर)
४) तृतीय उपाध्यक्ष– दावाछिरिङ शेर्पा (शेर्पा संघ इजरायलका अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ इजरायलका सल्हाकार, दोलखा)
५) महासचिव– पासाङ शेर्पा (शेर्पा संघ इजरायलका पूर्व उपाध्यक्ष तथा सल्हाकार, दोलखा)
६) सचिव– अनिला मोक्तान (नेपाल तामाङ घेदुङ इजरायलका अनुशासन विभाग प्रमुख, रामेछाप)
७) प्रवक्ता– गजेन्द्र राई (नेपाली संघीय समाज, इजरायलका संस्थापक सदस्य, उदयपुर)
८) कोषाध्यक्ष– दिप राई (किराँत राई यायोक्खा इजरायलका वरिष्ठ उपाध्यक्ष, खोटाङ)
९) सहकोषाध्यक्ष– फुर्पा शेर्पा (शेर्पा संघ इजरायलका पुर्व उपाध्यक्ष, दोलखा)
१०) सदस्य– (नेपाल तामाङ घेदुङ, इजरायलका अध्यक्ष, रामेछाप)
११) सदस्य– लक्ष्मी योन्जन तामाङ (नेपाल तामाङ घेदुङ, इजरायल प्रवास शाखाबाट नेपाल तामाङ घेदुङ, केन्द्रीय सदस्य तथा नेपाल आदिवासी जनजाती महासंघ, इजरायलको तृतीय उपाध्यक्ष, रामेछाप)
१२) सदस्य– अनिल राई (किराँत राई यायोक्खा इजरायलको कार्यकारिणी सदस्य, भोजपुर)
१३) सदस्य– छोङ्बा शेर्पा (नेपाली कलाकार तथा शेर्पा समुदायको पहिलो पप गायक, सोलुखुम्बु)
१४) सदस्य–आङछिरिङ शेर्पा (शेर्पा संघ, इजरायलको सचिव तथा नेपाल अदिवासी जनजाति महासंघ, इजरायलको कोषाध्यक्ष)
१५) सदस्य– दिनेश मोक्तान तामाङ (नेपाल तामाङ घेदुङ, इजरायलको संगठन विभाग, मकवानपुर)
१६) सदस्य– छिरिङ्मा शेर्पा (नेपाली संघीय समाज, इजरायलको सक्रिय सदस्य, दोलखा)
१७) सदस्य– निमा शेर्पा
१८) सदस्य– उमा राई (ओखलढुंगा)
१९) सदस्य– लकुमारी गुरुङ (चितवान)
२०) सदस्य– दोर्जे शेर्पा (दोलखा) र
२१) सदस्य– मिना योन्जन घले (नुवाकोट) ।
नेफेसो इजरायलको तीन सदस्यीय सल्लाहकार समिति पनि गठन
नेफेसो इजरायलको दोस्रो अधिवेशनले ३ सदस्यीय सल्लाहकार समिति पनि चयन गरेको छ । जसमा छिरिङ लामा शेर्पा, सुभास राई र डोमा शेर्पा रहेका छन् ।
रामेछापका छिरिङ लामा शेर्पा, नेपाली संघीय समाज, इजरायलको निवर्तमान अध्यक्ष एवं एनआरएनए इजरायलका उपाध्यक्ष हुन् ।
त्यसैगरी सुभास राई, नेपाल आदिवासी जनजाति महासंघ इजरायलका पूर्व अध्यक्ष हुन् भने दोलखाका डोमा शेर्पा, नेपाल आदिवासी जनजाति महासंघ इजरायलका पूर्व अध्यक्ष एवं वर्तमान प्रमुख सल्लाहकार छन् ।
छिरिङ लामा शेर्पाको अध्यक्षतामा सञ्चालित अधिवेशनमा ससफो नेपालका संसदीय दलका नेता अशोककुमार राई, पूर्व राजदूत डा. गणेश योन्जन तामाङ, नेफेसो इजरायलका संस्थापक संयोजक, सुन्दरसिंह लामा तामाङ, एनआरएनए इजरायलका अध्यक्ष दिपक ओली, नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष निर्मला गुरुङ, अन्तर्राष्ट्रिय नेपाली समाजका संयोजक बिबि लामा तामाङलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शहिदहरूको सम्मानमा एक मिनेट मौनधारणसहित नेफेसो इजरायलका सचिव पासाङ शेर्पाद्वारा सञ्चालित अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई ससफो नेपालका वरिष्ठ नेता तथा पूर्व मन्त्री अशोककुमार राईले सपथग्रहण गराएका थिए भने केन्द्रीय सदस्य डा. गणेश योन्जनले पनि खाता लगाउँदै बधाई तथा शुभकामना दिएका थिए ।
कार्यक्रममा ‘ज्याबाडान्बा’ (शुभकामना) नामक सिडि क्यासेट विमोचन गरिएको थियो । सो क्यासेटमा चारवटा तामाङ भाषामा र एउटा नेपाली भाषामा गीतहरू संकलित रहेको समेत लक्ष्मी योन्जन तामाङले जानकारी दिइन् ।















प्रतिक्रिया