११ कार्तिक २०८३, बुधबार

कमल थापाको यस्तो थियो भित्री कथा, सबै चकनाचुर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kamal Thapaकाठमाडौं, ३१ साउन । व्यवस्थापिका संसद्को गणितमा आफूभन्दा कमजोर अवस्थामा रहेको राप्रपासँग एकता गर्न कमल थापा निकै हतारिएका थिए । थापाको हतारोकै कारण एकता लगभग हुनै लागेको थियो । साँघु साप्ताहिकले समाचार छापेको छ ।

तर, अन्तिममा आएर एकता भाँडिएपछि कमल थापा निकै विक्षिप्त बन्न पुगेका छन् । उनीमाथि आघात पुगेको उनका पछिल्ला अभिव्यक्तिले पनि पुष्टि गरिरहेका छन् ।

आखिर आफूभन्दा कम सांसद् भएको दलसँग एकताका लागि मरिमेटेर लागेका कमल थापा एकता भाडिएसँगै किन आगो ओकलिरहेका छन् ?

समय बित्दै जाँदा विस्तारै रोचक मक्सदहरु उजागर हुँदै जान थालेका छन् ।

राप्रपा नेपालनिकट स्रोतका अनुसार, कमल थापाको एकता गरेर ठूलो सपना पूरा गर्ने धोको थियो ।

ठूलो धोको भएकैले उनी एकताको लागि हतारिएका थिए । कतिसम्म भने थापा आफ्नो महत्वाकांक्षा पूरा गर्ने दाउमा आफ्नो एजेन्डालाई नै तिलाञ्जली दिएर एकता गर्न हतारिएका थिए ।

राप्रपा स्रोत भन्छ, ‘कमल थापाको हतारोमा उनको ठूलो मक्सद लुकेको छ । उनी संसदमा आफ्नो गणित बलियो देखाएर आफ्नो महत्वाकांक्षा पूरा गर्ने दाउमा थिए ।’ संसदमा उनले गणित बढाउन लागिपर्नुको मक्सद पनि रोचक छ ।

थापाबारे जानकार स्रोतका अनुसार, संसदमा चौथो शक्तिका रुपमा आफ्नो पार्टी रहेकाले थापा राप्रपाका १२ सांसद् र आफ्ना २५ सांसद् देखाएर प्रधानमन्त्री नै बन्ने सपना बुनिरहेका थिए ।

तीनै ठूला दलबीच खेलेर विवाद बढाउने र त्यसको फाइदा लिँदै ठूलो दलसँग मिलेर प्रधानमन्त्री पद नै हत्याउने उनको भित्री रणनीति थियो ।

‘थापा संसद्को गणित देखाएर प्रधानमन्त्री हुने दाउ अनुरुप नै एकतामा हतार गरिरहेका थिए’, स्रोतले भन्यो, ‘कांग्रेस र एमालेतिर मिल्दा दाउ पर्ने भित्री मक्सद पालेर जतिसक्यो छिटो एकता गर्न लागेका थापा सपनामाथि ठेस पुग्दा विक्षिप्त छन् ।’

थापाको यो गुरु योजनामा लोकेन्द्रबहादुर चन्द र पशुपति शम्शेर राणा बाधक भइहालेमा त्यसको उपाय समेत सुझाएर थापा बसेका थिए ।

‘राप्रपामा थापाले एकता चर्चा चलेदेखि नै राणा र चन्द पर्खाल भएर खडा भएमा ढाल्ने सुत्र रचिसकेका थिए’, स्रोत भन्छ ।

राप्रपा नेपालका नेता–कार्यकर्तामा चलेको चर्चा अनुसार थापा आफ्नो तर्फका २५ सांसद्लाई उपयोग गरेर संसदीय दलको नेता बन्दै दुई नेतालाई सहजै जिल्लाराम पार्न सकिने हिसाब किताबमा निर्धक्क थिए ।

राप्रपासँग एकता भाडिए पनि थापा राप्रपाभित्रको असन्तुष्ट चन्द पक्षसँग एकताको तयारीमा भित्रभित्रै लागेका छन् ।

थापा र चन्दबीच पार्टी एकताका लागि आन्तरिक छलफल समेत भइसकेको बताइन्छ ।

‘राप्रपासँग एकता भाडिए पनि थापा अर्को पक्षसँग एकताको हात अघि बढाउन पुगिसकेका छन्’, स्रोतले भन्यो ।