११ कार्तिक २०८३, बुधबार

पौडेललाई देउवाले पेलेरै जाने, आक्रामक रुपमा प्रस्तुत

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sher Bahadur Deubaकाठमाडौं, ३१ साउन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको विरोधका बाबजुद संस्थापन पक्षले पेलेरै नेविसंघको निर्वाचन गराउने तयारी गरेको छ ।

टीका लगाएर नेतृत्व चयन गर्ने प्रथा अन्त्य गर्न जसरी पनि निर्वाचन गराउन सभापति शेरबहादुर देउवाले निर्देशक समितिलाई निर्देशन दिएको स्रातको दाबी छ । राजधानी दैनिकले समाचार छापेको छ ।

सोही अनुसार केन्द्रीय निर्वाचन समितिले निर्वाचनको कार्यतालिकासमेत प्रकाशित गरेको छ ।

तर, पौडेल पक्षधर विद्यार्थीहरुले भने महाधिवेशन प्रतिनिधि चयन गर्दा आफूखुसी तीन सयभन्दा बढी फर्जी प्रतिनिधि थपिएको भन्दै फर्जी प्रतिनिधि खारेज नभएसम्म चुनावमा भाग नलिने बताएका छन् ।

यता, निर्देशक समितिका संयोजक डा.प्रकाशशरण महतले आइतबार पत्रकार सम्मेलन गरी मंगलबार जसरी पनि निर्वाचन हुने जानकारी दिएका छन् ।

महतले विवादित जिल्लाको सहमतिमै प्रतिनिधि छनोट गरिएको बताउँदै भने, ‘टीका लगाएर नेविसंघ नेतृत्व चयन गर्ने परम्परा तोड्ने चाहना सभापति देउवाको छ । अहिले महाधिवेशन स्थगन हुने कुरा कसैले पनि सोच्नु हुँदैन । सवैले महाधिवेशन सफल पार्न सहयोग गर्नुपर्छ ।’

पार्टी सभापति देउवाले फर्जी प्रतिनिधि चयन गरेर नेविसंघको नेतृत्व कब्जा गर्न खोजेको आरोप पौडेल पक्षले लगाएको छ ।

पौडेल पक्षधर नेताहरुले पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीमा भेला गराएका थिए ।

सो भेलामा पौडेल पक्षबाट उम्मेदवारी दिने भनिएका विद्यार्थी नेताहरु सहभागी थिए ।