२६ कार्तिक २०८३, बिहिबार

नेपाल प्रहरीमा असई पदमा जागिर खुल्यो, १२ पास गरेकालाई अवसर

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Police-Logoo

काठमाडौं, ३० साउन । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) पदमा सयौंको संख्यामा जागिरका लागि दरखास्त आह्वान गरेको छ ।

आइतबार प्रहरी प्रधान कार्यालय नक्साालको मानवश्रोत विकास, भर्ना तथा छनौट विभागले एक विज्ञापन प्रकाशित गर्दै ५ सय ५१ जना असई माग गरेको हो ।

विज्ञापनमा खुलातर्फ २९७, आदिवासी जनजातितर्फ ७७, मधेसी ६८, महिला ४९, दलित ३६, पिछडिएको क्षेत्राट १३ जना र अमर प्रहरी परिवारतर्फ ११ जना माग गरिएको छ ।

दरखास्त आवदेन भदौ १२ गतेदेखि खुल्नेछ । असोज १० गतेसम्म योग्यता पुगेका नेपाली नागरिकले दरखास्त दिन सक्ने नेपाल प्रहरीले जनाएको छ ।
मान्यता प्राप्त शिक्षण संस्थाबाट प्लस–टु वा सो सरह उर्त्तीण गरेकाले आवदेन दिन सक्नेछन् ।

थप जानकारीका लागि तलको लिंकमा क्लिक गर्नुस्ः

https://www.nepalpolice.gov.np/

https://www.nepalpolice.gov.np/images/documents/updates/Job_Application-Form_New_2073_Nepal-Police.pdf