१ कार्तिक २०८३, आइतबार

फिडेल क्यास्ट्रोद्वारा अमेरिकी राष्ट्रपति ओबामाको फेरि आलोचना

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

fidel-castro-story-topह्वाना (क्युवा), ३० साउन । यस वर्ष आफ्नो ९०औँ जन्मोत्सव मनाइरहेका क्युवाली शीर्ष नेता तथा पूर्व राष्ट्रपति फिडेल क्यास्ट्रोले एउटा लामो पत्र लेख्दै आफ्नो जन्मदिवसलाई सफलताको कामना गर्दै सहयोग गर्नुहुने सबै क्युवाली नागरिकप्रति आभार प्रकट गर्नुभएको छ ।

उहाँले उक्त पत्रमा अमेरिकी राष्ट्रपति बाराक ओबामाको भने फेरि एकपटक आलोचना गर्नुभएको छ ।

क्युवाको राष्ट्रिय सञ्चारमाध्यममा शनिबार सार्वजनिक भएको पत्रमा क्युवाका राष्ट्रपतिले आफ्नो जन्मदिवसका अवसरमा आफ्नो सु–स्वास्थ्य, दीर्घायु तथा समृद्धिको कामना गर्दै शुभकामना व्यक्त गर्ने सम्पूर्ण देशवासी तथा विदेशी शुभचिन्तकप्रति आभार व्यक्त गर्दै भन्नुभएको छ – “हालैका दिनमा मेरो जन्मदिनको शुभकामना व्यक्त गर्दै शुभकामना सम्मान तथा प्रशंसा व्यक्त गर्ने सबैमा आभार व्यक्त गर्छु जसले मलाई नयाँ विचारका लागि ऊर्जा दिनेछ र यसलाई मैले पार्टीका लडाकु तथा सम्बद्ध सङ्घ सङ्गठनमा प्रवाहित गर्नेछ ।

क्यास्ट्रोले आफ्नो जन्म दिवसको शुभकामाना दिने शुभचिन्तकप्रति आभार प्रकट गर्दै लेखेको पत्रमा उहाँको आफ्नो बाल्यकाल तथा युवा जीवनको स्मरणसमेत गर्नुभएको छ ।

पत्रको अन्त्यमा क्यास्ट्रोले अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१६ को मार्चमा क्युवा भ्रमणका क्रममा राष्ट्रपति ओबामाद्वारा व्यक्त गरेको ‘क्युवाली जनताले अब आफ्नो भविष्य हेर्नुपर्छ भन्ने अभिव्यक्तिप्रति आलोचना गर्नुभएको छ । क्यास्ट्रोले अमेरिकी राष्ट्रपति ओबामाले जापानको हिरोसिमामा मे महिनामा गरेको भ्रमणका क्रममा जापानसँग क्षमा याचना नगरेको भन्दै यसको समेत आलोचना गर्नुभएको छ । –एपी