२६ कार्तिक २०८३, बिहिबार

०७४ माघभित्र तीन वटा चुनाव भएन भने यो सरकार नाङ्गिन्छ : उपाध्यक्ष ज्ञवाली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yuwa_Raj_Gyawali1712काठमाडौं, २९ साउन । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले देशको समस्या हल गर्नेतिर सबै राजनीतिक दलहरू मिल्नु पर्ने भन्दै अन्तर विरोधलाई कम गर्दै जानुपर्ने बताउनुभएको छ ।

दैनिक नेपालसँग शनिबार कुरा गर्दै उपाध्यक्ष ज्ञवालीले संविधान कार्यान्वयन र मुलुकलाई निकास दिन प्रमुख राजनीतिक दलहरू मिल्नु पर्ने बताउनुभयो । ‘मुलुकको समस्या समाधान कसरी गर्ने ? अहिलेको आवश्यक्ता यही हो’, उहाँले भन्नुभयो ।

२०७४ साल माघ महिनाभित्र जसरी पनि तीन वटा चुनाव गर्नै पर्ने बताउनुभएका ज्ञवालीले भन्नुभयो, ‘यो सरकारले संविधान कार्यान्वयन गर्नका लागि तीन वटा चुनाव ०७४ माघभित्र गरेन भने आफै नाङ्गिन्छ । त्यसको प्रभाव अरु विपक्षमा रहेका दलहरूलाई पनि पर्छ ।’

उपाध्यक्ष ज्ञवालीले संविधान कार्यान्वयन गर्ने कुरामा सबै पार्टी मिलेर जानुको बिकल्प नरहेको उल्लेख गर्नुभयो । ‘कसैलाई दोष दिएर मात्रै केही हुँदैन’, उहाँले भन्नुभयो, ‘कोही असफल भयो भने सबै राजनीतिक दल असफल हुने हुन् । चुनाव गरेन भने यो सरकार त बदनम हुन्छ नै । त्यसको नोक्सान अरु पार्टीलाई पनि हुन्छ ।’

उहाँले संविधान कार्यान्वयन भएन भने त्यसले देशलाई पनि नोक्सान गर्ने बताउनुभयो । ‘संविधान कार्यान्वयनमा सबै राजनीतिक दलहरूले एकमतले ध्यान दिनुपर्छ’, उपाध्यक्ष ज्ञवालीले भन्नुभयो ।