२६ कार्तिक २०८३, बिहिबार

प्रतिपक्षमा बसेर एमालेले गर्दैछ यी पाँच काम, सचिव भट्टराईले बाहिर ल्याए

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Yogesh-bhattrai

– नरेश केसी

भैरहवा, २९ साउन । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमालेले अब रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्दै संविधानको कार्यान्वयन र रक्षाको लागि जस्तोसुकै चुनौतिको पनि सामना गर्न तयार भएको बताएका छन् ।

प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको पत्रकार सम्मेलनमा बोल्दै एमाले प्रचार विभाग प्रमुख समेत रहेका भट्टराईले एमालले योजनाका साथ ५ काम गर्ने बताए ।

संविधानको रक्षा गर्ने प्रमुख कार्यभार एमालेको भएको उनले बताए । यसैगरी संविधानको कार्यान्वयन गर्ने दोस्रो काम रहेको बताउदैं २०७४ माघ मसान्तभित्र तिनवटै तहको निर्वाचन गराउने पनि जनाए ।

Yogesh-bhattrai-1

एमालेले गर्ने तेस्रो काममा भूकम्पपछिको पुनः निर्माण भएको जनाउदैं माओवादी कांग्रेस सरकारले पुनःनिर्माण प्राधिकरणको कार्यकारी अधिकृत परिवर्तन गर्न खोजेको र उस्तै परे प्राधिकरण विघटन गर्न खोजेको आरोप लगाउदैं त्यस्तो भएमा भूकम्पपीडितको लागी मात्रै हैन् सारा नेपालीको लागी विडम्बना हुने बताए ।

भट्टराईले चौथो कामको रुपमा पार्टीको आन्तरिक सुदृढिकरण गर्ने र पाचौं काम आगामी निर्वाचनमा एमालेको बहुमत पुर्याउन तल्लो कमिटीदेखि माथिल्लो कमिटीसम्म सक्रिय रुपमा लाग्ने वातावरण सृजना गर्ने बताए ।