
काठमाडौं, २९ साउन । नेकपा (एमाले)को स्थयाी समिति बैठक अध्यक्ष केपी ओलीको व्यस्तताका कारण स्थगित भएको छ ।
अध्यक्ष ओली पार्टीका विभिन्न कार्यक्रममा सहभागी हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो । स्थगित भएको बैठक आइतबार तीन बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने उपाध्यक्ष युवराज ज्ञवालीले जानकारी दिनुभयो ।
बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, पार्टीको भावी योजना, स्थानीय निकायको चुनाव, नेताहरूलाई जिम्मेवारीलगायतका विषयमा छलफल हुने कार्यक्रम थियो ।











प्रतिक्रिया