काठमाडौं, २९ साउन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा कुनै पनि बेला भीषण आन्दोलन हुनसक्ने चेतावनी दिएका छन्
शनिबार आयोजित पार्टी केन्द्रीय स्कुल विभागको कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादी केन्द्र र नेपाली काँग्रेसको गठबन्धनमार्फत विदेशी शक्तिले संविधान असफल पार्ने ठूलो षडयन्त्र गरिरहेको भन्दै त्यसको विरुद्धमा भीषण आन्दोलन आवश्यक पर्ने बताए ।
कार्यकर्तालाई निर्देशन दिँदै उनले भने- ‘अहिले संविधान असफल पार्ने ठूलो षडयन्त्र भइरहेको छ । मुलुकमा कुनै पनि भीषण आन्दोलन गर्नुपर्ने अवस्था आउनसक्छ । त्यसकालागि अहिलेदेखि नै तयारी हालतमा बस्नुपर्छ ।’
ओलीले आफू नेतृत्वको सरकारले संविधान कार्यान्वयन गर्ने कार्यतालिका बनाएपछि त्यसबाट अत्तालिएर माओवादी र काँग्रेसले लोभ र पाप जगाई सरकार परिवर्तन गरेको आरोप लगाउँदै संविधान कार्यान्वयन गर्न नखोज्ने षड्यन्त्रका विरुद्ध पार्टीका सबै संयन्त्र परिचालन गरिने चेतावनी दिए ।











प्रतिक्रिया