२६ कार्तिक २०८३, बिहिबार

राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

prachanda-Bidhya-Bhandari-

काठमाडौँ, २९ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच मुलुकको पछिल्लो राजनीतिक अवस्था, सरकार विस्तारलगायतका विषयमा कुराकानी भएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज भएको भेटवार्तामा सरकार विस्तार र मुलुकको पछिल्लो राजनीतिक अवस्थाको विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्री दाहालका स्वकीय सचिव रमेश मल्लकाअनुसार राष्ट्रपति र प्रधानमन्त्रीको नियमित भेटघाट भएकाले समसामयिक विषयमा कुराकानी भएको हो ।

प्रधानमन्त्री दाहालले आइतबार सरकार विस्तारको तयारी गर्नुभएकाले सोही विषयमा छलफल केन्द्रीत रहेको स्वकीय सचिव मल्लले बताउनुभयो । रासस