२ कार्तिक २०८३, सोमबार

चीनले फेरि खोल्यो कोरला नाका, किनमेल गर्नेको चहलपहल

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Korala Border Open_Mustang 2

मुस्ताङ, २८ साउन । मुस्ताङस्थित नेपाल–चीन सीमानाको कोरला नाका फेरि १५ दिनका लागि खुल्ला गरिएपछि किनमेल गर्नेको चहलपहल बढेको छ ।

उपल्लो मुस्ताङको उत्तरतर्फको सीमानामा पर्ने कोरला नाकामा असोजबाटै हिउँ पर्ने भएकोले स्थानीयलाई हिउँदयामका लागि सामानको जोहो गर्न साउनमै नाका खुल्ला गरिएको हो ।

दुबै देशका स्थानीय अधिकारीले भदौ ४ नाका खुल्ने निर्णय गरेपनि मौसम अनुकुल भएकोले चाँडै नाका खोलिएको हो ।