काठमाडौं, २८ साउन । साउन २३ गते उद्घाटन भएको नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनको बन्दसत्र एक हप्ता हुनै लाग्दा पनि सुरु हुन सकेको छैन । महाधिवेशन विथोलेर कांग्रेस सभापति शेरबहादुर देउवालाई असफल बनाउन विभिन्न समूह सक्रिय छन् ।
नेविसंघको महाधिवेशनमा मनोजमणि आचार्य र नैनसिंह महरवीच अध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने जानकार रहेका कांग्रेस केन्द्रीय सदस्य एवम् नेविसंघका पूर्व अध्यक्ष प्रदीप पौडेल र कुन्दन काफ्ले समूह सक्रिय भएर लागेको छ । पहिला रामचन्द्र पौडेलको समूहमा रहेका प्रदीप पौडेलले अहिले कृष्णप्रसाद सिटौला निकट कुन्दन काफ्लेलाई काँधमा बोकेर हिँडेका छन् ।
विभिन्न बहानामा नेविसंघको महाधिवेशन बिथोलेर सभापति देउवालाई असफल बनाउनुका साथै भागबण्डाको राजनीतिमा लाग्ने योजनामुताबिक प्रदीप पौडेल र कुन्दन काफ्ले लागेको स्रोतको भनाइ छ ।
रामचन्द्र पौडेलसहितका विभिन्न समूहलाई सहमतिमा ल्याएर प्रतिनिधिहरूको नामावली सार्वजनिक गर्ने अन्तिम तयारी भएपनि प्रदीप–कुन्दन समूहले बबण्डर मच्चाउने भनेर हल्ला फिजाइ रहेको एक विद्यार्थी नेताले बताए ।
प्रदीप–कुन्दन समूहले प्रतिनिधिहरूको अन्तिम नामावली प्रकाशन गरे सबै च्यात्ने धम्की दिएको छ । उनीहरूको धम्कीले महाधिवेनशन लम्बिदै गएको आरोप नेताहरूले लगाएका छन् ।











प्रतिक्रिया