काठमाडौं, २९ साउन । नेपाल विद्यार्थी संघको ११औँ महाधिवेशनमा अध्यक्षसहित विभिन्न पदका आकंक्षी धेरै छन् । आकंक्षी हुनु पनि स्वभाविक हो ।
झण्डै दश वर्षपछि हुन थालेको नेविसंघको महाधिवेशनमा बिबाद भए पनि त्यसलाई नेतृत्वले ढिलै भए पनि मिलाउँदै गएको छ । कांग्रेसद्वारा गठन भएको निर्देशक समितिले आफ्ना कामलाई सुक्ष्म रुपमा अगाडि बढाइरहेको छ ।
हालको कार्यसमितिमा केन्द्रीय सदस्य रहेका क्षितिज भण्डारीले नेविसंघको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेर धमाधम प्रचार प्रसार गरिरहेका छन् । उनले प्रचार प्रसार मात्रै होइन अध्यक्षको उम्मेदवारीको नाममा विभिन्न कलेज, सांसद, व्यापारी, शैक्षिक संस्थाहरूसँग चुनाव खर्च भनेर लाखौँ रुपियाँ उठाएको आरोप स्रोतले लगाएको छ ।
जब कि क्षितिज भण्डारीले नेविसंघको विधान अनुसार कुनै पनि पदका लागि योग्य छैनन् । उनले कुनै पनि पदमा उम्मेदवारी दिन पाउँदैनन् । रञ्जित कर्णको अहिलेको कार्यसमितिमा केन्द्रीय सदस्य रहेका क्षितिज भण्डारीले अध्यक्षमा दाबी गरिरहेकोमा सबै आश्चर्य चकित परेका छन् ।
‘क्षितिज भण्डारीले पैसा उठाउन अध्यक्ष पदमा दाबी गरेको हो, उम्मेदवारी घोषणा गरेको छ । यो व्यक्ति यस्तै अबसरको खोजीमा हुन्छ’, नेविसंघका एक केन्द्रीय सदस्यले भने, ‘अहिलेसम्म छ लाख रुपियाँ जति चुनाव खर्चका नाममा उठाएको हल्ला छ । नेविसंघमा यसका विरुद्ध उजुरी पनि आइरहेको छ ।’
क्षितिज भण्डारीले केन्द्रीय सदस्य पदबाट राजीनामा दिएको भनेर भ्रम छरिरहेका छन् । नेविसंघको विधान अनुसार रञ्जित कर्णको अहिलेको कार्यसमितिमा रहेका पदाधिकारी र सदस्यहरू कसैले पनि उम्मेदवारी दिन पाउँदैनन् । आफ्नो पदबाट राजीनामा दिएकै भए पनि उम्मेदवर बन्न विधानले रोक्छ ।
काठमाडौंको भृकुटीमण्ड, सुन्धाराका होटेल, सानेपा आदि स्थानमा क्षितिज भण्डारीले भड्किलो प्रचार गरेकोमा सबै चकित परेका छन् ।
आफू निकटका केही विद्यार्थी नेताहरूलाई भाडामा प्रयोग गरेर क्षितिज भण्डारीले भड्किलो प्रचारमा लगाएको आरोप छ ।











प्रतिक्रिया