– जीवन डाँगी
रोल्पा, २८ साउन । नेकपा एमालेका सचेतक गोकुलप्रसाद घर्तिमगरले बेरोजगारी समस्या समाधान नगरे राज्यले ठूलो मूल्य चुकाउनुपर्ने बताउनु भएको छ ।
१५ औ अन्तर्राष्ट्रिय युवा दिवसको अबसरमा जिल्ला युवा समिति रोल्पा र जिल्ला युवा सञ्जालको आयोजनमा भएको कार्यक्रममा प्रमुख बक्ता समेत रहनु भएका घर्तिमगरले २००७ साल २०४६ होस् या २०६२-६३ लगायत बिभिन्न आन्दोलनहरु सफल पार्नमा युवाहरु नै अग्रस्थानमा रहेको बताउनुभयो ।
देशमा भएका बिभिन्न आन्दोलनहरुमा युवाको उल्लेखनिय भुमिका रहेकोे समेत उहाँले बताउनुभयो । शिक्षा, रोजगार युवा तथा बिद्यार्थीहरुको अधिकार भएको समेत बताउनुभयो ।
उहाँले युवा तथा बिद्यार्थीहरुलाई आत्मनिर्भर भएर बाच्न अब नेपालमा ब्याबहारिक र बैज्ञानिक शिक्षाको आबश्यकता रहेको औल्याउनुभयो ।












प्रतिक्रिया